शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मुस्तामा चार हजार मेट्रिक टन स्याउ उत्पादन

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • मुस्ताङ  ।  जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

    गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए ।

    लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको हो । अधिकांश किसानले यस वर्ष स्याउ टिपेर बजारमा पु¥याइसकेका छन् । भदौ अन्तिम साता स्याउ टिपेका यहाँका किसानलाई बेनी–जोमसोम सडक सञ्चालन नहुँदा ढुवानी गर्न समस्या भएको गुरुङको भनाइ छ ।

    जिल्लामा एक हजार ४५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिए पनि ३५० हेक्टरमा लगाएको बोटबाट मात्र उत्पादन भएको थियो । “बर्सेनी स्याउ उत्पादन एकनासले हुने गरेको छ,” वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले भनिन् । जिल्लाका १६ गाविसमध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमीमा मात्र स्याउ उत्पादन हुन्छ ।

    जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, फुजी, न्यूरोयल, मुत्सु, अ‍ैकिन, बिनौनी, साउने, राइमर, अम्री, रेड गोल्ड, ब्रामे र चकलेटलगायतका प्रजातिका स्याउ उत्पादन हुने गर्दछन् । यस वर्ष किसानले व्यापारीलाई बोटबाटै प्रतिकिलो रु ८० देखि रु १०० मा स्याउ बिक्री गरेका छन् । यहाँका किसानले स्याउबाट बर्सेनि रु एक लाख देखि रु एक करोडसम्म आम्दानी गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij