प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३
यो तस्बिर आजभन्दा करिब ११६ वर्ष पहिले खिचिएको थियो । यसमा बेलफास्ट, आयरल्याण्डस्थित एउटा लेनन कपडा उद्योगमा काम गर्ने महिलाहरु देख्न सकिन्छ । उनीहरुले आफ्नो काम गर्ने औजार पनि कम्मरमा बाँधिरहेको देख्न सकिन्छ ।
तर यदि तपाईंले यो तस्बिरलाई ध्यानपूर्वक हेर्नुहुन्छ तब तपाईंलाई अचम्म लाग्न सक्छ । यदि ध्यानपूर्वक हेर्नुहुन्छ भने दोस्रो लाइनमा दायाँतर्फको पहिलो स्थानमा बस्ने महिलाको काँधमा एउटा हातले आराम गरिरहेको देख्न सकिन्छ । यो हात कसको हो भन्ने बारे कसैलाई थाहा छैन । याहू मेलका अनुसार तस्बिरमा भएका एकको आफन्तले यो तस्बिरलाई वेबसाइट बेल्फास्ट लाइभमा राखेपछि यसले तहल्का मच्चाएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij