प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३
काठमाडौ । सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ ।
अघिल्लो दिन घटेको बजार आज भने ४.२८ अंकले बढेको हो ।
एक सय ४२ कम्पनीको ९ लाख २६ हजार ९ सय ४५ कित्ता सेयर किनबेच भएको आज ८१ करोड २४ लाख ७४ हजार ३ सय ६३ रुपैयाँको कारोवार भएको छ । आज बैकिङ समुहको सूचक १२.८७ अंकले बढेको छ भने होटल समुहको सूचक ६.७७ अंकले बढेको नेपाल स्टक एक्सेन्जले जनाएको छ ।
यस्तै, आज उत्पादनमुलक समूहको सूचक १८.१४ अंकले बढेको छ । आज बिकास बैंक समुहको सूचक १८.९८, जलविद्युत समुहको २.४४, फाइनान्स समूहको २.९७, बीमा समूहको १९.८२ र अन्य समूहको सूचक २.३१ अंकले घटेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij