आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • काठमाडौँ   ।   सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटसँग सम्बन्धित राष्ट्र ऋण उठाउने विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेटसँग आश्रित उक्त विधेयक आजै सदनमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

    चालु बजेटको विनियोजन विधेयक यसअघि नै संसद्बाट पारित भइसकेको भएपनि सत्ता गठबन्धनमा आएको परिवर्तनले बजेटसँग आश्रित तीन विधेयक भने अस्वीकृत भएका थिए ।
    सरकारले बाँकी दुई विधेयक पनि संसदमा लाने निर्णय गरेको छ ।

    सरकारले अर्थमन्त्रालयका प्रमुख सल्लाहकारमा प्रा डा पुण्यप्रसाद रेग्मीलाई र विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा डा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    त्यस्तै, आयोगमा विश्वविद्यालयका उपकुलपतिबाट प्रतिनिधित्व हुने पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँ र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा ईश्वरीप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij