शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रज्ञा प्रतिष्ठानले बनायो भाषा विवाद समाधान गर्न विज्ञहरुको समिति

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • काठमाडौं   ।   नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषामा केही समय यता देखिएको विवाद् सम्बन्धमा अध्ययन गरी सुझाव दिन विज्ञहरुको समिति गठन गरेको छ ।
    प्रतिष्ठानको प्राज्ञ परिषद्को बैठकले प्रा. डा. चुडामणि बन्धुको संयोजकत्वमा प्रा. डा. नोबलकिशोर राई र सहप्राध्यापक हेमनाथ पौडेल सदस्य रहेको समिति गठन गरेको हो ।
    प्रतिष्ठानले बिहिवार काठमाडौमा पत्रकार सम्मेलन गरी नेपाली भाषाको विकासप्रति नकारात्मक प्रभाव पार्ने गरी वहस र छलफल चलाइएका कारण समिति गठन गरिएको जानकारी दिएको छ ।
    प्रतिष्ठानका सदस्यसचिव प्रा. डा. जिवेन्द्रदेव गिरीले समितिलाई २०४० सालदेखि प्रकाशित नेपाली वृहत् शब्दकोशका विभिन्न संस्करणहरु परिमार्जन गर्दा भएका प्रयोगको अध्ययन गरी सुझाव दिने म्याण्डेट दिइएको बताए ।

    नेपाली वृहत् शब्दकोशका हालसम्म ९ वटा संस्करण प्रकाशित भएका छन् । प्रज्ञा प्रतिष्ठानले नेपाली भाषामा प्रचलित वर्ण विन्यास एवम भाषाको लेख्य तथा कथ्य रुपको मानकीकरण गर्ने आधिकारिक निकाय आफू भएको भन्दै भाषाको विषयमा जथाभावी प्रचारवाजी नगर्न भाषाविज्ञहरुसँग आग्रह गरेको छ ।
    प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कतिपय भाषाविज्ञहरुले संयुक्त व्यञ्जनलाई विस्थापित गर्न खोजिएको भनेर गलत प्रचार गरेको भन्दै त्यसप्रति प्रतिष्ठान दुःखी रहेको बताए ।

    खासगरी शिक्षा मन्त्रालय अन्र्तगतको पाठ्यक्रम विकास केन्द्रले नेपाली वर्ण विन्यासको प्रयोग सम्बन्धमा गरेको निर्णयपछि भाषा सम्बन्धी विवाद् चर्किएको हो ।
    प्रतिष्ठानले केन्द्रले गरेको निर्णयबाट उत्पन्न परिस्थितिलाई मर्यादित किसिमले सम्बोधन गर्ने जिम्मा सरकारको भएको बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij