शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दशैं–तिहारमा नेपाल टेलिकमको भारी छुट, निःशुल्क भ्वाइस र एसएमएस सेवा दिने घोषणा

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • काठमाडौ  ।   नेपाल टेलिकमले दशैं–तिहारको अवसरमा आफ्ना सेवाहरुमा भारी छुट दिने भएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड, पोस्पेड सेवामा निशुल्क निःशुल्क भ्वाइस तथा एसएमएस सेवा प्रदान गर्ने भएको हो ।
    यस्तो छ सुविधा
    डाटा अफर
    जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था टेलिकमले गरेको छ । आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म एकसय एमबीको डाटा ५० रुपियाँ र २ सय ५० एमबीको डाटा एकसयमा उपलब्ध गराउने छ । एक सय एमबी डाटाको अवधि ५ दिन सम्म र २ सय ५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।
    नाइट डाटा अफर
    टेलिकमले जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराउने भएको छ । सो अनुसार राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा ५ सय एमबी र ८५ रुपैयाँमा १ हजार २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिनासम्म उपलब्ध हुने छ ।
    भ्वाइस कलमा छुट
    कम्पनीले जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराएको छ । सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराएको छ ।
    एसएमएस अफर
    जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क एक रुपैयाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।
    स्थानीय टेलिफोनमा थप सय कल निःशुल्क
    कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा पीएसटीएन, सडिएिमएमा २ रुपैयाँमा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा २०७३ असोज र कात्तिक महिनाको मासिक महसुल २ सय रुपैयाँमा थप एकसय लोकल कल उपलब्त्र गराउने छ । सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ मा एकसय कल थप गरी २७५ लोकल गर्न सकिने छ ।
    एडीएसएल, वाइम्याक्स, एटीटीएच सेवामा भ्यालिडिटी थप
    यी सेवाका ग्राहकलाई समय थप गरिने पनि कम्पनीले जनाएको छ । एडीएसएल र वाइम्याक्स ग्राहकको हकमा डाटा भोलुम बाँकी भएको तर भ्यालिडिटी सकिएको खण्डमा समय थप गरिने भएको छ । सो अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने भएको छ ।
    जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा एमपोस सिस्टमबाट एक सय तथा त्योभन्दा वढी माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराउने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij