शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सिटी सफारी अब पूर्वमा प्रतिबन्ध

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • इटहरी    ।   सिटी सफारीलाई राजमार्ग भित्र संञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । रुट परमिट अनुसार चल्नु पर्ने सफारी राजमार्ग भित्र जथाभाबी चल्नुको साथै बढी दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले सफारी संञ्चालनमा प्रतिबन्ध लगाएको हो ।

    इटहरीबाट सफारीलाई राजमार्गमा चल्न प्रतिबन्ध लगाउने अभियानको शुरुवात गरिएको छ । इटहरी उप–महानगरपालिका क्षेत्र भित्रका राजमार्गमा नियम अनुसार सफारी चल्न पाउदैनन् ।
    तर सफारीहरु मनपरी सडक तथा चौकमा संञ्चालन हुन थालेपछि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, कोशी अञ्चल यातायत व्यवस्था कार्यालय इटहरी र इटहरी उप–महानगरपालिकाको सयुक्त पहलले सिटी सफारीलाई प्रतिबन्ध लगाइएको हो ।

    मुख्यत सफारी चालकहरुको लाईसेन्स समेत नहुँदा दुर्घटना समेत बढेको पाईन्छ ।

    राजमार्ग तथा चौकमा मनपरी रुपमा यात्रु बोक्ने गरेको कारण पनि प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न निकै समस्या हुने गरेको थियो । यात्रुहरुलाई पनि मनपरी भाडा असुल्ने गरेको कारण पनि पछिल्लो समय सर्वसाधरणले सफारी सजिलो भन्दा पनि घाडो हुन थालेको गुनासो गर्न थालेका छन् ।

    पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याक अनुसार पनि पूर्वमा सिटी सफारीको कारण दैनिक २५ वटा सम्म दुर्घटना हुने गरेको देखिन्छ ।

    एता सिटी सफारी चालकहरुले राजमार्ग तथा चौकमा लगाएको प्रतिबन्धको बिरुद्ध उत्रिएका छन । उनिहरुले आजै पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी र इटहरी उप–महानगरपालिका घेराउ गरेका थिए ।

    पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी पवन गिरीले इटहरीबाट शुरु भएको यो अभियान पूर्वका सबै शहरमा लागु हुने जानकारी दिए । रुटमा नचल्नु, दुर्घटना बढाउनु र चालकले लाईसेन्स नबोक्नुले ट्राफिक व्यवस्थापनमा समस्या आउनुको साथै जनगुनासो समेत बढेपछि सफारीलाई राजमार्गमा प्रतिबन्ध लगाइएको गिरीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij