शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

डा. केसीको समर्थनमा रेजिडेन्ट चिकित्सकहरु आन्दोलित

  • प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३



  • काठमाडौं   ।  त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु प्रा.डा.गोविन्द केसीको नवौं आमरण अनसनको समर्थनमा बिहीबारदेखि कालो पट्टि बाँधेर काम सुरु गरेका छन् ।

    डा. केसी सरकारलाई दिएको पछिल्लो एक सातको अल्टिमेटम सकिएपछि पूर्व घोषित कार्यक्रम अनुसार गत आइतबार दिउँसो चार बजेदेखि त्रिवि शिक्षण अस्पतालमा अनसन बसेका हुन ।

    रेजिडेन्टहरुले चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सुधारको लागि डा. केसीका मागहरु आम नेपालीको हितमा रहेको भन्दै सरकार सम्वेदनशील नभए चरणवद्घ दबाबमुलक कार्यक्रम सुरु गर्ने चेतावनी समेत दिएको छ ।

    नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष लिजन महर्जनले सरकारले डा. केसीको मागलाई वेवास्ता गरे थप कडा विरोधको कार्यक्रम गर्न बाध्य हुने बताए । आमरण अनसनको चौथो दिनमा प्रवेश गर्दा समेत सरकारको तर्फबाट कुनै पनि व्यक्ति डा. केसीलाइ भेट्न आएका छैनन् ।

    डा. केसीलाई बिहीबार अस्पताल प्रशासनको सहयोगमा सानोबाट ठुलो कोठामा सारिएको छ । डा. केसीमा मांसपेशीको दुखाइ र चक्कर आउने समस्या देखिएको छ ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij