प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३
एक महिलाले दुबै आँखा नभएको बालकलाई जन दिएकी छिन् ।
लिउ पेइहुवाले गत सेप्टेम्बर २० तारिखमा यस्तो बालकलाई जन्म दिएकी छिन् जसको शरिरमा आँखाका तन्तु नै छैन ।
डाक्टरका अनुसार ती बालकलाई एनोप्थाल्मिया नामक रोग लागेको छ जुन १ लाख बच्चाहमध्ये एउटामा देखिन्छ ।
गोआंगझोउ, चीनमा बस्ने ती बालककी आमाले अब छोराको उपचारका लागि विशेषज्ञहरुको खोजी गरिरहेकी छिन् ।
चीनियाँ मिडियाले ती बालकलाई ‘आँखा नभएको बच्चा’ भनी सम्बोधन गरिरहेका छन् । बच्चा जन्मुभन्दा अघि उनको यस्तो अवस्थाबारे केही पनि जानकारी नभएको ती त्यहाँका मिडियाले जानकारी दिएका छन् ।
डाक्टरका अनुसार एनोप्थाल्मिया जस्तो स्थितीको जानकारी अल्ट्रासाउन्ड वा गर्भवती हुँदा गरिने जाँचमा थाहा हुँदैन ।
नवजात शिशुको यस्तो स्थितीका कारण उनकी आमा निकै विक्षिप्त बनेकी छिन् । छोराले दुध खान राइरहने र अरु बालकको जस्तै व्यवहार गर्ने उनले जानकारी दिएकी छिन् ।
यस्तो रोग अनुवांसिक परिवर्तन र असामान्य क्रोमोसेज्मका कारण हुनसक्छ । अनुसन्धानकर्ताका अनुसार यसो हुनुको पछाडि एक्स–रे, केमिकल, ड्रग्स, भाइरस र रेडियसन कारण हुनसक्छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij