आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पत्रकारलाई पौडेलको सुझाव : चनाखो भई कलम चलाउनुहोस्

  • प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३



  • काठमाडौँ  ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

    विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा उहाँले मुलुक सङ्गीन घडीमा उभिएको बताउँदै लोकतन्त्रलाई बदनाम गर्ने तत्व सक्रिय षड्यन्त्रमा लागेको बताए ।

    “संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध गोलबद्ध भई सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन आम पत्रकार वर्गमा अनुरोध गर्छु”–वरिष्ठ नेता पौडेलले भने ।

    वरिष्ठ नेता पौडेलले मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उपाय राजनीतिक नेतृत्वको इच्छाशक्तिमा निर्भर रहेको जानकारी दिए ।

    “लोकतन्त्रविरुद्ध मैले ठूलो षड्यन्त्र देखेको छु । तपाईंले कलम तिखो बनाई सोच्नुहोस्, चिन्तन, अनुसन्धान गरी सत्य तथ्य खोजी गर्नुहोस्” पत्रकारलाई लक्षित गर्दै वरिष्ठ नेता पौडेलले भने ।

    विभिन्न समाचार माध्यममा कार्यरत तथा स्वतन्त्र एवम् वरिष्ठ पत्रकारहरुको भेलामा उपस्थित थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij