आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

गाईघाटवासीका दु:खका दिन गए

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३



  • उदयपुर । सदरमुकाम गाईघाटका स्थानीयले बाढीका कारण अकालमा ज्यान गुमाउनपर्ने बाध्यता हटेको छ । धरान÷चतरा, गाईघाट÷कटारी, सिन्धुली÷हेटौडा जोडने बैकल्पीक लोकमार्ग अन्तरगत त्रियुगा नगरपालिकाको बरुवा खोलामा पुल निर्माण भएसँगै स्थानीयमा यातायातको पहँुच पुगेको हो । पुल नबन्दा उक्त स्थानमा बर्षेनी केही स्थानीयले बाढीको कारण ज्यान गुमाउन बाध्य थिए ।

    नौ वटा पिलर सहित आठ स्पान आरसिसि फाउण्डेशन भएको उक्त पुलको आज एक कार्यक्रमको विच भौतिक योजना तथा यातयात मन्त्री रमेश लेखकले उद्घाटन गरेका छन ।

    पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले बिकास निर्माणका काम सबैको साझा रहेको कसैले विरोध गर्नु आवश्यक नरहेको बताए ।

    ७ करोड ८८ लाखको लागत निर्माण भएको पुल तिन बर्ष अघि निर्माण सुरु गरिएको हो । उक्त पुल नाकाबन्दीको कारण इन्धन अभाव र ढुंगा गिटी बालुवा निकासीमा भएको अवरोधका बावजुत निर्धारित समयमा नै सम्पन्न भएको थियो ।

    बरुवामा पुल निर्माण भए पछि जिल्लाको पुर्वी क्षेत्रको साथै त्रियुगा नगरपालिका ४ र ५ नं. वडाका स्थानीयलाई सहज भएको छ ।
    तीनसय ८० किलोमिटर लामो धरान हेटौडा सडकमा रहेको सम्पूर्ण नदी तथा खोलाहरुमा सडक संरचना निर्माण गर्ने कार्य धमाधम भईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij