प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३
बर्षात ओली, दाङ । तुलसीपुर –१ को खमारीमा बस्दै आएका ८० बर्षीय वलीले आफनो घर सम्म पुग्ने बाटो एक्लै निर्माण गरेका थिए । त्यसैले सम्मान स्वरुप नगरपालिकाले उनलाई प्रोत्साहन स्वरुप नगत पाँचहजार रुपैंया प्रदान गरेको हो ।
८० बर्षीय जेष्ट नागरिक वलीले तुलसीपुर –१ साततले देखि आफनो घर खमारी सम्म जाने करिव दुई किलोमिटर बाटो एक्कै त्यो पनि आँफै खनेर निर्माण गरेका हुन । उनलाई प्रोत्साह स्वरुप नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी उनको घरमै पुगेर नगत पाँचहजार रुपैंया प्रदान गरेका हुन ।
वलीले देखाएको अनुकरणीय काम अरुले पनि सिको गरुन र उनलाई थप हौसला मिलोस भन्ने उद्श्यले सहयोग दिएको कार्यकारी अधिकृत केसीले बताए । ‘ एकजना बयोवृद्धको यो आँट र सहासको प्रशंसा जति गरेपनि थोरै हुन्छ । ८० वर्षको उमेरमा वलीले गरेको कर्म र देखाएको आँटको अनेन्त्रपनि सिको भएमा विकास टाढा छैन ।’ केसीले भने ।’ कार्यकारी अधिकृत केसीले वलीलाई एक्लै बाटो खनेर नमुना प्रदशन गरेको बताए । उनले धन्यवाद दिदै नगरपालिकाबाट हुन सक्ने अन्य सहयो समेतगर्ने आश्वासन दिए ।
आफनो घरमा सवै दृष्टि विहिन भएको र आवत जावत गर्दा छोरा श्रीमतिहरु हिडदा लोटनु परेको कारण उनीहरुलाई सहज होस भनेर बाटो निर्माण गरेको वलीले बताए । ‘माईला छोराले बाटो वनाउनु पर्छ भनेर भन्यो, त्यसैले गत साल खेखि बाटो निर्माण सुरु गरेका हुँ यो बाटो गाउँ सम्म पु-याउछु ।’–वलीले थपे ।’ सँधै छोराहरु घर आँउदा लड्ने (पल्टिने) गरेका कारण बाटो निर्माण गरेको उनले बताए ।
तुलसीपुर– १को खमारीमा एउटा मात्र घर छ । त्यो घर उनै वलीको हो । त्यसैले त्यो वाटो निर्माणमा कसैले चासो दिएको थिएन । वलीको वरपर कुनै घर तथा छरछिमेकहरु नभएको र आफुहरु एक्लै त्यहाँ बषौ देखि बसोवास गदै आएको वलीले बताए । त्यहि भएर पनि उनी बाटो खन्न बाध्य भए र ८० वर्षको उमेरमा छोराको लागि बाटो बनाएरै छोडे ।
तुलसीपुर नगरपालिका कार्यकारी अधिकृत टोपेन्द्र केसीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा ईञ्जिनियर पवनकुमार योगी, नेपाली काँग्रेस वडा नं १ का सभापति खेमलाल महतरा , समाज सेवी कलिभान रोका लगायतले वलीको योगदान र सहाशको प्रशंसा गरेका थिए । कार्यक्रमको सहजीकरण नगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij