आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

‘माइन्ड मेनेजमेन्ट’ तालिम

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३



  • काठमाडौं  । बाल संसार सेकेन्डरी स्कुल माकलबारी काठमाडौंले ‘माइन्ड मेनेजमेन्ट’ सम्बन्धी पाँचदिने तालिम सञ्चालन गरेको छ । विद्यालयमै सञ्चालित तालिममा ५० जना सहभागी छन् ।
    बिहान ६ देखि ८ बजेसम्म सञ्चालित तालिममा बाल संसार स्कुलसम्बद्ध शिक्षक–शिक्षिका, अभिभावक र इच्छुकले तालिम लिइरहेका छन् । सम्बन्धित व्यक्तिले सफलताको सिँढी उक्लँदा अपनाउनुपर्ने उपाय जानकारी गराउँदै योगी ॐ ले प्रशिक्षण दिइरहेका छन् ।
    ‘तालिम लिनेले ‘माइन्ड मेनेजमेन्ट’ अन्तर्गत सफलताको विज्ञानबारे जान्न–बुझ्न पाउनेछन्,’ बाल संसार सेकेन्डरी स्कुल प्रिन्सिपल तेजबहादुर राईले भने, ‘तालिमले मेमोरी पावर इन्क्रिज गर्न अपनाउनुपर्ने सावधानीबारे गहिरो जानकारी गराउनेछ ।’
    कक्षा नौसम्म अध्ययन हुने सो स्कुलमा पठनपाठन अलावा समय–समयमा विभिन्न शीर्षकमा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिँदै आएको प्रिन्सिपल राईले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij