आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

माछामार्र्न जाँदा सोलुखोलामा एक व्यक्ति बेपत्ता

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । माछा मार्ने क्रममा सोलु खोलामा एक जना वेपत्ता भएका छन् । ओखलढुंगा भूसुने स्थाई घर भई हाल दुधकुण्ड नगरपालिका ६ सोलुखुम्बु बस्दै आएका ३० बर्षिया छिरी शेर्पा मंगलबार रातीे २ जना साथी सँगै माछा मार्नका लागि खोलामा गएका बेला वेपत्ता भएका हुन् ।

    शेर्पासगैँ गएका ३४ वर्षिया गोपाल श्रेष्ठ र वर्ष ३० का राजेन्द्र श्रेष्ठ भने सकुसलै रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक पुष्कर बोगटिले जानकारी दिनुभयो ।

    उनले बोकेको झोला खोलामा भेटिएपछि उनी खोलाले बगाएर वेपत्ता भएको अनुमान गरिएको छ । शेर्पाको प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् । हराइरहेका शेर्पा जिल्ला विकास समिति कार्यालयमा अस्थाई रुपमा कार्यालय सहयोगिको रुपमा काम गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij