आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

ट्राफिक प्रहरीले हटायो माइक्रो बसका उल्टो सिट

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • ललितपुर  ।महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा चल्ने माइक्रोबसमा राखेको नियम विपरित चार जना अट्ने चालक सिटको पछाडि रहेको उल्टो सिट हटाउने कार्य सुरु गरेको छ ।

    शुक्रबार सो सम्बन्धी महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महाननिरीक्षक प्रताप सिंह थापाको अध्यक्षतामा महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रकाश अर्याल साथै उपत्यकाको सम्पूर्ण माइक्रोबस व्यवसायी समितिका अध्यक्ष र महासंघका प्रतिनिधि बीच छलफल भएको थियो ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ मा सवारी साधनको सिट थप वा परिवर्तन गर्न नपाउने र सवारी साधनमा अगाडि फर्कने गरी सिटको व्यवस्था हुनुपर्ने व्यवस्था छ ।

    उल्टो सिट हटाउनुको कारणहरुः

    –उल्टो सिटले खुट्टा राख्ने ठाउँ सानो भई बस्न गाह्रो हुने ।
    –महिला सिटमा बसेको यात्रुसँग उल्टो सिटमा बसेको पुरुषबाट छुन गई अस्वभाविक देखिने र एक आपसमा यात्रुहरुबीच झगडा नै हुने ।
    –मुखामुख गरेर बस्नुपर्ने जसले अन्य यात्रुलाई समस्या हुने साथै श्वासप्रश्वासले गर्दा रोग सर्ने डर भएको ।
    –वान्ता वा हाँछ्यु आउँदा पनि अगाडि बस्ने यात्रुलाई लाग्ने गरेको ।
    –ओर्लन र बस्न पनि समस्या ।
    –माइक्रो बसले खचाखच उभ्याएर मात्र नपुगी सिट नै थपेर बढी यात्रु राख्नाले बढी दुर्घटना हुने ।

    कुनै सवारी साधनले उसको क्षमताअनुसार कम्पनीबाट नै सिट निर्धारण गरेको हुन्छ । तर, यहाँ कम्पनीबाट आएको माइक्रोबसलाई १२ वटा सिट भएकोलाई १६ वटा, १६ वटा सिट भएकोलाई २० वटा बनाई यात्रु बढी राखी दुर्घटना बढी हुने सम्भावना भएकाले गर्दा यसलाई नियन्त्रणमा ल्याइएको ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

    ललितपुर ट्राफिक प्रहरीको समन्वयमा समितिसँग सम्पर्क गरेर ललितपुरबाट चल्ने सम्पूर्ण माइक्रोबसमा रहेको उल्टा सिट हटाइएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij