आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

उपत्यकामा तीन ठाउँमा यातायात कार्यालय खुल्ने

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • काठमाडौँ । उपत्यकाको कलङ्की, चावहिल र सूर्यविनायकमा थप तीनवटा यातायात कार्यालय खुल्ने भएका छन् । सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स) लिनेहरूको चाप बढेर सेवाग्राहीले सास्ती भोग्नु परेपछि सरकारले तत्काल थप कार्यालयहरू स्थापना गरेर छिटो र सहज सेवा प्रदान गर्न भदौ ६ गते निर्देशन दिएको थियो । निर्देशनपछि १५ दिनभित्र थप कार्यालय सञ्चालनमा आउने बताइए पनि अढाई महिनामा बल्ल कार्यालय खोल्ने स्थानको टुङ्गो लागेको हो ।

    यातायात व्यवस्था विभागका अनुसार उक्त तीन स्थानमा सञ्चालन हुने यातायात व्यवस्था कार्यालयले एकान्तकुनामा रहेको कार्यालयले जस्तै सवारी साधनसम्बन्धी सबै काम गर्ने छन् । कार्यालय स्थापनाका लागि बजेट र दरबन्दी स्वीकृत भइसकेको विभागका निर्देशक निरञ्जन रिजालले बताउनुभयो । उहाँका अनुसार थप कार्यालयमा उपसचिवको नेतृत्वमा २६ देखि २८ जना कर्मचारी रहनेछन् । थप कार्यालय खोल्ने क्षेत्रहरूको किटान गरिए पनि कार्यालय राख्ने काम अझ बाँकी छ ।

    प्रक्रियाअनुसार कार्यालयका लागि घर भाडामा लिन एक महिनाको सूचना सार्वजनिक गर्नुपर्ने भएकाले थप कार्यालय सञ्चालन हुन पनि अझैं एक महिना लाग्ने विभागले जनाएको छ । तत्कालका लागि चलिरहेका निजी ट्रायल सेन्टरलाई भाडामा लिइने निर्देशक रिजालले बताउनुभयो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ ६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सचिवलाई सिंहदरबारमा बोलाएर सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै यातायात कार्यालय तत्काल थप गर्न निर्देशन दिनुभएको थियो । काठमाडौँमा २ र भक्तपुरमा १ वटा यातायात व्यवस्था कार्यालय थप गर्न निर्देशन थियो । निर्देशन लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप कार्यालय विस्तार गर्ने निर्णय गरेको थियो ।

    सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाका लागि स्कुल, कलेज वा घर भाडामा लिएर भए पनि एकैचोटि पाँच हजारसम्मको परीक्षा लिने व्यवस्था गर्न, नवीकरण, रुट परमिट, करलगायत कामलाई अनलाइनबाटै व्यवस्थित गर्न र विद्यार्थीलाई अभिमुखीकरण तालिम दिएर काम गर्न सक्ने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij