प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३
काठमाडाैं । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि एसपी तहसम्मका सशस्त्र प्रहरी अधिकारीको पोसाकमा रहेको कलर डक्स हटाउने तयारी गरेपछि संगठनमा असन्तुष्टि बढेको छ ।
सर्टको कलरमा रहने उक्त चिहन एसएसपी तहदेखि माथिल्ला अधिकारीले मात्रै लगाउन पाउने नियम बनाउने तयारी गरेपछि सशस्त्रका तल्लो तहका अधिकृत असन्तुष्ट भएका हुन् ।
नेपाली सेना र नेपाल प्रहरीमा मध्यम तहका अधिकृतले समेत पोसाकमा कलर डक्स लगाउने प्रचलन रहे पनि सशस्त्रमा मात्र विभेद गर्ने प्रयास गरिएको भन्दै केही अधिकारीले सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईलाई भेटेर असन्तुष्टि जनाएको स्रोतले जानकारी दियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij