आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

पश्चताप

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • निताले बिहानै उठ्नासाथ झ्यालबाट बाहिर हेरिन् । सबैतिर उजाड छ । एक दुईवटा चराहरु चिरविर चिरविर गर्दैछन् । केही दिनदेखि शरिर गलेको महसुस हुँदंछ उनलाई ।

    नितेशसँगको सम्बन्ध तोडिएदेखि झन् तनावग्रस्त छिन् उनी । घडितिर हेरिन् । कति छिटो १० बजिसकेछ । हतार–हतार गरेर काममा दौडिन् ।

    विदेशको ठाउँ काम नगरी कसरी ज्यान पाल्नु ? नितेशसँगको दश बर्षको सम्बन्ध टुट्न दश मिनेटपनि लागेन । यो सम्बन्ध भन्ने कुरापनि कति अचम्मको हुँदोरहेछ । कति छिटो टुट्ने कति छिटो जोडिने ?

    नितेश र निताले सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका थिए । दुवैजनाले सँगै सफलताको सिँढी चढे । सँगै अष्ट्रेलिया पुगे । तर, अष्ट्रेलिया पुगेको एक बर्षपछि नितेश एकाएक सम्पर्कविहिन भए । निताको अष्ट्रेलियामा आफ्नो भन्ने कोही थिएन ।

    नितेश सम्पन्न परिवारको छोरा । निता सामान्य परिवारको छोरी । यति हुँदाहुँदै पनि सुरुका दिनमा उनीहरुबीच सम्पन्नता र विपन्नताको कुरा कहिल्यै आएन । तर, जव देश परिवर्तन भयो तब नितेशको मन पनि परिवर्तन भयो ।

    निताले धेरै दुख देखेकी थिईन् सानैदेखि । सानैमा नराम्रोसँग बिरामी परिन् । तर भाग्यको खेल उनले मृत्युलाई जितेरै छोडिन् । पढाईमा र घर व्यवहारमा व्यस्त निताको मन त्यो भन्दा बाहिर कहिल्यै गएन । साथीसँग घुम्ने, धेरै पैसा खर्च गर्ने, उनको अपवादमा पथ्र्यो ।

    आफ्नो लगन र मेहेनतका कारण नै उनले अष्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने सौभाग्य प्राप्त गरिन् । त्यसो त नितेश पनि पढाईमा अब्बल थिए । फरक यति मात्रै हो । नितेशले राम्रो र महंगो विद्यालयबाट शिक्षा हासिल गरे, तर निताले सामान्य विद्यालयबाट ।

    आखिरमा दुवैको गन्तव्य एउटै निस्कियो, अष्ट्रेलिया । निता र नितेश अष्ट्रेलिया गएको पनि पाँच बर्ष भईसकेछ । पाँच बर्षमा धेरै परिवर्तन आयो । निताले पढाईमा उत्तिकै सफलता प्राप्त गरिन् ।
    पढाई पूरा गरेर ‘पिआर’ पनि लिईन् । पढाई नसकी नेपाल नजाने प्रण गरेकी थिईन् उनी । एक्लो जीवन कति संघर्षशील हुन्छ यो कुराको राम्रो ज्ञान थियो नितालाई । तर मेहेतनको फल सधैं मिठो हुन्छ भन्ने पनि राम्ररी बुझेकी थिईन् उनले ।

    नितालाई कहिलेकाहिँ नराम्रोसँग नितेशको यादले सताउँथ्यो । नितेशसँग बिताएका पलहरु आँखा अगाडि नाचिरहन्थ्यो । उनले धेरै पटक नितेशलाई सम्पर्क गर्न खोजिन् तर नितेशको फोन सधैं स्विच अफ हुन्थ्यो ।

    समयसँगै घाउहरु पुरिदैं जान्छन् रे । निताको घाउ समयसँगै निको हुदैं गयो । निता काममा धेरै व्यस्त हुन थालिन् । काम र घर उनको दैनिकी बनिसकेको थियो ।

    त्यो बाहेक उनी बिरलै घुम्न जान्थिन् । कहिलेकाहिँ कामबाट छिट्टो फुर्सद पाउँदा नजिकैको समुन्द्रमा गएर समय बिताउँथिन् ।

    दशैं आउनै लागेको थियो । यो दशैं उनलाई नेपालमा मनाउन मन लाग्यो । उनले ल्यापटप खोलेर दशैंमा घर जानको लागि टिकट लिईन् । कता–कता मन प्रसन्न भयो । पाँच बर्षपछि उनी आफ्नो घर परिवारसँग भेट्दै थिईन् । घरजान अझै तीन हप्ता बाँकी थियो निताको । हरेक बिहान उषाको लालित्यसंगै उनको उमंग बढ्दै जान्थ्यो ।

    एक साँझ निता ट्रेनमा कामबाट फर्कदै थिईन् । ट्रेनमा बस्दा होस् वा कुनै खाली समय उनलाई त्यसबेला साथ दिने उनको सबैभन्दा नजिकको साथी हुन्थ्यो पुस्तक ।

    उनी पुस्तक पढ्नमा तल्लिन थिईन् । नजिकै आएर कसैले बोलाए झैं महसुस भयो उनलाई । आफूले पढिरहेको पुस्तकबाट नजर हटाएर दाँयातिर हेरिन् । छेउमा नितेश रहेछ । उनलाई पत्यार लागेन ।

    हातखुट्टा गले, ओठ सुक्यो तर बोली फुटेन । आफूले मन पराएको मानिस पाँच बर्षपछि भेट्दा पनि उनी बोल्न सकिनन् मात्र आँखाबाट आँशु झर्यो ।

    नितेशले आफू एकाएक सम्पर्कबिहिन हुनुमा क्षमा माग्यो, निताको हात समायो अनि सानो कागजमा आफ्नो सम्पर्क नम्बर लेखेर निताको हातमा थम्यायो ।

    यतिका बर्ष लगाएर निको पारेको घाउ फेरि बल्झिए झैँ भयो नितालाई । निताले बडो सहसका साथ नितेशको मुहारमा होरिन् । उही गोरो मुहार उही आँखा ।

    यतिका बर्षसम्म केही परिवर्तन भएनछ नितेशमा, शिवाय उनको मन । तर निता, नितेशले देखेभन्दा भिन्नै भएकी थिईन् । दुब्लो शरिर अनि सानो आँखा । पहिलाको भन्दा ठिक विपरीत ।

    नितेशले धेरै कुरा भनिसक्दा पनि निताले केही फर्काइनन् । मात्र एकटकले नितेशलाई हेरिरहिन् । मन लाग्दालाग्दै पनि मुख खोल्न सकिनन् । हेर्दा–हेर्दै निताको ओर्लिने स्टेशन आईसकेछ ।

    नितेशलाई ‘वाई’ गरेर आफ्नो बाटो लागिन् । घर पुगेर नितेशको तस्बिर हेरिन् । विगतको सम्झनाले मन भारी भयो निताको । हातको मोबाईबाट अघि नितेशले दिएको नम्बर डायल गर्न खोजिन् तर सकिनन् ।

    उता नितेश पश्चतापको आगोमा जलिरहे । निताले नेपालमा फोन गरिन र आफू भोलि नेपाल पुग्ने खबर दिईन् । ‘ममि मलाई भोलि बेलुका १० बजे नेपाल लिन आउनु ल’ यति भनेर निताले फोन काटिन् ।

    सबै साथीहरुसँग विदा मागिन् । साथीहरुले ‘कहिले आउछौ’ ? भनेर प्रश्न गर्दा उनले ‘थाहा छैन’ भन्ने जवाफ दिईन् । भोलिपल्ट नेपालमा निताको घरमा सबैजना छोरीको पर्खाइमा थियो ।

    एयरपोर्टमा निताको परिवार निताको प्रतिक्षामा बसिरहँदा परबाट एउटा बाकस बोकेर मानिसहरु आए । बाकसमा निताको पार्थिव शरिर थियो । सारा नेपाल दशैंमा रमाउँदा निताको परिवार शोकमा डुबे । उता नितेश निताको बाटो हेरिरहे । यता निता कहिल्यै नफर्किने गरी हिँडिसकेकी थिईन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij