आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • काठमाडौं । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । सन् २०१४ मा सार्क सम्मेलनमा भाग लिन आउने पाहुनाको व्यवस्थापन गर्दा चार दिनसम्म विमानस्थल पूर्णतया प्रभावित भएको थियो । त्यसवेला धेरै यात्रुले आफ्नो उडान–तालिका परिवर्तन गरी टिकट रद्द गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा हुने स–साना घटनाले पनि उडान–अवतरण प्रभावित हुने गर्छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक नेपाल भ्रमणको ‘भिभिआइपी उडान व्यवस्थापन’मा जुटेको छ । भ्रमण प्रारम्भ हुने मुख्य बिन्दु विमानस्थलबाटै मुलुकको पहिलो छवि झल्कने भन्दै विमानस्थल व्यवस्थापन त्यसको तयारीमा जुटेको हो । मुखर्जी १७ देखि १९ कात्तिकसम्म नेपाल भ्रमणमा आउँदै छन् । यस क्रममा दुई दिन सर्वसाधारणले भने सास्ती भोग्नुपर्नेछ ।
    आउने दिन ४५ मिनेट र जाने दिन दिनभर प्रभावित
    विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार राष्ट्रपति मुखर्जी आउने दिन १७ कात्तिकमा ४५ मिनेट विमानस्थल प्रभावित हुनेछ । सो दिन दिउँसो साढे १२ बजे राष्ट्रपति मुखर्जी नेपाल आइपुग्ने कार्यक्रम छ ।

    तीनदिने नेपाल भ्रमणमा आउने राष्ट्रपति मुखर्जीको भारत फिर्ती हुने दिन १९ कात्तिकमा भने अन्र्तराष्ट्रिय विमानस्थल लगभग दिनभरि प्रभावित हुनेछ । उक्त दिन मुखर्जी अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरुमा जनकपुर जाने कार्यक्रम छ । जनकपुरबाट पोखरा जाने र पोखराबाट काठमाडौं फिर्ता हुने कार्यक्रम छ । काठमाडौं आइसकेपछि राष्ट्रपतिको टोली नयाँदिल्ली प्रस्थान गर्नेछ । ‘यस दिन त्रिभुवन विमानस्थल सबैभन्दा धेरै समय प्रभावित हुनेछ,’ प्रवक्ता ठाकुरले भने ।

    नेपालभित्रको यात्रा बुद्ध एयरमार्फत
    भारतीय वायुसेवाको जहाजबाट नेपाल आइपुग्ने राष्ट्रपतिको टोली जनकपुर र पोखरा भ्रमणमा भने निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरको जहाजमा यात्रा गर्नेछ । सोही प्रयोजनका लागि बुद्ध एयरको दुईवटा जहाज एक दिनका लागि चार्टर्ड गरिएको छ ।

    बुधबार ५८ मिनेट विमानस्थल बन्द
    अन्तर्राष्ट्रिय विमानस्थल बुधबार ५८ मिनेट बन्द भएको छ । जहाजमा हुने ‘ल्यान्डिङ लाइट’ फुटेर ट्याक्सी–वेमा सिसा छरिएको पाइएपछि विमानस्थल बन्द गरिएको हो । बिहान ७ः४० मा बन्द भएको विमानस्थल ५८ मिनेटपछि सुचारु गरिएको थियो । विमानस्थल स्रोतका अनुसार कुन कम्पनीको जहाजको ल्यान्डिङ लाइट फुट्यो भन्ने खुलेको छैन । घटनालगत्तै व्यवस्थापनले आन्तरिकतर्फ उडान गरिरहेका कम्पनीलाई जहाज चेक गर्न आग्रह गरेको थियो । सबै कम्पनीले आफ्ना विमानमा कुनै खराबी नभएको दाबी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij