आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

एपिसी किन्न नसक्दा प्रहरीको शान्ति मिसन गुम्दै

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • काठमाडौं  । बख्तरबन्द गाडी (एपिसी)लगायतका बन्दोबस्तीका सामान खरिद गर्न नसक्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक–एक एफपियू शान्ति मिसन गुम्न खतरा देखिएको छ । एपिसी खरिद गर्न गृह मन्त्रालयले सहमति नदिँदा प्रहरीको थप्न लागिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन गुम्न लागेको हो ।

    राष्ट्रसंघले दुवै प्रहरीलाई एक–एक एफपियू मिसन दिने र त्यसका लागि आवश्यक एकतिहाइ सामग्री खरिद गर्न भनेको थियो । राष्ट्रसंघीय टोली मंसिरको दोस्रो साता सामानहरू निरीक्षण गर्न नेपाल आउँदै छ । तर, करिब एक महिना मात्र बाँकी रहँदा पनि दुवै प्रहरीले एपिसी खरिद प्रक्रियासमेत सुरु गरेका छैनन् । यसले एफपियू मिसन गुम्न सम्भावना बढेको छ ।

    दुवै प्रहरीले एपिसी खरिद सहमित माग्दै गृह मन्त्रालयमा तीन महिनाअघि नै पत्राचार गरेका थिए । तर, गृहले सहमति नदिँदा खरिद प्रक्रिया अघि बढेको छैन । तर, एपिसीबाहेक गाडीलगायत अन्य बन्दोबस्तीका सामग्री खरिद प्रक्रिया भने दुवै प्रहरीले अगाडि बढाएका छन्।

    सुरक्षा सामग्री खरिद निर्देशिकाअनुसार एपिसी खरिद गर्न गृह मन्त्रालयको सहमति लिनुपर्ने प्रावधान छ । गृहसचिव लोकदर्शन रेग्मीले भने एपिसी खरिदका लागि प्रहरीबाट मागिएको सहमतिको पत्रबारे आफूलाई जानकारी नभएको बताए ।

    स्रोतका अनुसार विगतमा पनि एपिसी खरिद विवादमा पर्दै आएकाले गृहका अधिकारीहरूले त्यसमा सहमति दिन आनाकानी गरेका हुन् । तर, खरिदको सबै काम प्रहरीबाट हुने भएकाले यसमा गृह संलग्न हुँदैन । सुडान भ्रष्टाचार प्रकरणपछि प्रहरीका यस्ता सामग्री खरिद तुलनात्मक रूपमा पारदर्शी हुने गरेका छन् ।

    भदौको दोस्रो साता नेपाल भ्रमणमा आएका राष्ट्रसंघका उपमहासचिव अतुल खरेले नेपाललाई दुईवटा एफपियू मिसन दिन लागेको जानकारी गराएका थिए । त्यसअघि नै राष्ट्रसंघले एकतिहाइ सामग्री खरिदका लागि निर्देशन दिइसकेको थियो । सुरुमा राष्ट्रसंघले मिसनका लागि आवश्यक सबै सामग्री खरिद गर्न भनेको थियो । तर, सबै सामान किन्न कठिन हुने बताएपछि एकतिहाइ किन्न निर्देशन दिइएको थियो । एफपियू मिसनका लागि आवश्यक एपिसी नै खरिद गर्न नसकेपछि प्रहरी अधिकारीहरू चिन्तित छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij