प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३
ललितपुर । स्थानीय सर्वसाधारण मानिसहरुलाई भ्रममा पारी नेपाली ब्रान्डका ट्वाइलेट पेपरमा चाइनिज ब्राण्ड यापिङ गरी बढी मूल्य लिई बिक्री वितरण गर्ने व्यक्तिलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलस्थित सावित्रीदेवी तिवारीको घर कम्पाउन्डभित्र रहेको जस्ताको टहराबाट कमसल माल असल माल भन्दै बिक्री वितरण गर्दै आएका दिपक कुमार अधिकारीलाई गोप्य सूचनाको आधारमा सातदोबाटो महानगरीय प्रहरी वृतबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनले नेपाली ब्राण्डको ट्वाइलेट पेपरमा चाईनिज माल सामान भन्दै बढी मूल्य लिई बिक्री वितरण गर्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले उनलाई कालोबजारी मुद्दा चलाएको छ । ७ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरका डिएसपी रामेश्वर यादवले बताए ।
अधिकारी संचालन गर्दै आएका गणेश प्रोडक्सन कारखानाबाट बरामद भएका सामानहरु यसप्रकार रहेको छ ।
१) (JTC) Perfect Impale Seale लेखिएको सुन्तला रंगको सिलर मेसीन १ थान ।
२) Happiness Super grade र चाईनिज अक्षरमा लेखिएको सुन्तला रंगको –यापिङ गरीएको ६४ रोल ट्वाईलटे पेपर रहेको प्याकहरु पाँच थान ।
३) ऐ. ऐ. लेखिएको ऐ. रंगको –यापिङ गरीएको ७२ रोल ट्वाईलेट पेपर रहेको प्याकहरु ६ थान ।
४) चाईनिज अक्षरमा लेखिएको निलो कलरको –यापिङ गरीएको ६० रोलको ट्वाईलेट पेपर रहेका प्याकहरु ९ थान ।
५) Happiness Super grade चाईनिज अक्षरमा लेखिएको ब्रिन्जल रंल रंगको –यापिङ गर्ने प्लाष्टिकका स्टिकरहरु रहेका कार्टुन ५ कार्टुन ।
६) ऐ.ऐ. लेखिएको सुन्तला रंगको –यापिङ गर्ने प्लाष्टिकका स्टीकरहरु रहेका कार्टुन ५ कार्टुन ।
७) चाईनिज अक्षरमा लेखिएको निलो रंगको –यापिङ गरेको रोल ( ट्वाईलेट पेपर का रोल) ६५ रोल ।
८) चाईनिज अक्षरमा लेखिएको निलो रंगको –यापिङ गरेको ६० रोल भएका ट्वाईलेट पेपरका प्याकहरु १७ थान ।
९) चाईनिज अक्षरमा लेखिएको निलो रंगका प्लाष्टिकका स्टिकरहरु रहेको सेतो बोरामा आधा बोरा स्टिकरहरु
बरामद भएको ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij