आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा यस्तो छ कार्यक्रम

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • काठमाडौं  । भारतका राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार मुखर्जीको भ्रमण सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका मुखर्जीले जनकपुर र पोखराको समेत भ्रमण गर्ने कार्यक्रम छ । तीनदिने नेपाल भ्रमणका क्रममा मुखर्जीको व्यस्त तालिका भने अझै सार्वजनिक गरिएको छैन ।

    राष्ट्रपति मुखर्जी विशेष विमानबाट १७ कात्तिक बिहान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी १९ कात्तिक साँझ ५ बजे दिल्ली प्रस्थान गर्नेछन् । मुखर्जी र उनीसँग आउने भारतीय उच्च अधिकारीलाई होटेल हायात बौद्धमा बस्ने व्यवस्था मिलाइएको छ । राष्ट्रपति मुखर्जीसँग भारतीय मन्त्री, सांसदसहितका उच्च पदाधिकारी आउँदै छन् ।

    आएकै दिन राष्ट्रपतिसँग भेटवार्ता र रात्रिभोज
    मुखर्जी काठमाडौं अवतरण भएलगत्तै शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता तय भएको छ । ‘१७ गते नै राष्ट्रपतिसँग भेटवार्ता हुनेछ, त्यही साँझ होटेल सोल्टीमा राष्ट्रपति विद्या भण्डारीले मुखर्जीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ,’ सम्बद्ध कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । मुखर्जीसँग १८ कात्तिकमा प्रधानमन्त्रीसहित सबै मुख्य दलका शीर्ष नेताले होटेल हायातमै शिष्टाचार भेटवार्ता गर्नेछन् ।

    मुखर्जीको व्यस्त तालिका
    १७ कात्तिक : भारतीय राष्ट्रपति प्रणव मुखर्जी मध्याह्न १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । साँझ सोल्टी होटेलमा राष्ट्रपति भण्डारीले भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछिन् । मुखर्जी बस्ने व्यवस्था होटेल हायातमा गरिएको छ ।

    १८ कात्तिक : राष्ट्रपति मुखर्जी काठमाडौंमा हुने दुई कार्यक्रममा सहभागी हुनेछन् । त्रिभुवन विश्वविद्यालयले एक कार्यक्रमबीच उनलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गर्नेछ । उनले कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् । मुखर्जीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि छ । त्यही दिन बेलुका प्रमुख दलका शीर्ष नेताहरूले होटेल हायातमै मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

    १९ कात्तिक : तेस्रो दिन बिहान १० बजेतिर राष्ट्रपति मुखर्जी जनकपुर जाने कार्यक्रम छ । त्यहाँ उनको अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुरबाट उनी पोखरा लाग्नेछन् । त्यहाँमा उनले भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्नुका साथै फेवाताल घुम्नेछन् । पोखराबाट काठमाडौं फर्केर उनी साँझ ५ बजे दिल्ली फर्किने कार्यक्रम छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij