प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
म्याग्दी । युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले छिमेकी देशका राष्ट्रप्रमुख भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिन सरकारसंग माग गरेका छन् ।
युवा संघ म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष पहारीले यस्तो निर्णयले राष्ट्रको प्रतिष्ठा र स्वाभीमान घटाउने तथा गलत नजिर स्थापित गर्ने भएकाले सच्चाउन माग गरे । सरकारले बुधबार भारतीय राष्ट्रपती र चिनका प्रधानमन्त्री भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
भारतीय राष्ट्रपती प्रणव मुखर्जी कात्तिक १७ गते भ्रमणमा आउँदा संगै चार सय कमाण्डो सुरक्षाकर्मी ल्याएर नेपालमा रवाफ देखाउन खोजेको टिप्पणी गरे । अध्यक्ष पहारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिङ कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव जसरी पनि पारित गर्नुपर्ने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij