आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

सावधान ! रत्नपार्क र पुतलीसडक सबैभन्दा धेरै प्रदूषित

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • राजधानीको रत्नपार्क र पुतलीसडक क्षेत्र सबैभन्दा धेरै प्रदूषित छन् । वातावरण विभागले राखेको वायु प्रदूषण मापन केन्द्रको तथ्यांकले यी क्षेत्रमा सबैभन्दा धेरै प्रदूषण देखाएको हो । दुवै क्षेत्र सवारीसाधनको अत्यधिक चाप हुने  स्थान हो । वीरेन्द्र ओलीको रिपोर्ट :

    रत्नपार्क क्षेत्रमा एक हजार चार सय ४ क्युबिक प्रदूषण
    सामान्यतः एउटा मापन केन्द्रले १० किलोमिटर क्षेत्रसम्मको वायुको अवस्थाको अध्ययन गर्न सक्छ । प्रदूषण सन्तुलनमा हुन एक सय २० क्युबिक हुनुपर्दछ । तर, रत्नपार्क क्षेत्रमा प्रदूषण एक हजार चार सय चार क्युबिकसम्म पुगेको छ । पुतलीसडकमा तीन सय पाँच दशमलव दुई क्युबिक प्रदूषण रहेको छ । जुन निकै बढी हो । भक्तपुर क्षेत्रमा एक सय ४० दशमलव ३५ क्युबिक कम प्रदूषण हुने गरेको छ । तर, कीर्तिपुर र मच्छेगाउँ क्षेत्रमा ६० दशमलव ३३ क्युबिक प्रदूषणरहित रहेको छ ।

    पुल्चोक र धुलिखेलको तथ्यांक आएन
    वातावरण विभागले ललितपुरको पुल्चोक, काभ्रेको धुलिखेल र रत्नपार्कमा वायु प्रदूषणसम्बन्धी मापन केन्द्र राखेको छ । तर, पुल्चोक र धुलिखेलको तथ्यांक आउन सुरु गरेको छैन । रत्नपार्कमा सञ्चालनमा रहेको मापन केन्द्रले आफ्नो क्षेत्रको बारेमा तथ्यांक दिन थालेको छ।

    तीन स्थानको मापन केन्द्र सञ्चालन गर्न २५ लाख
    स्वास्थ्य अनुसन्धान परिषद्ले ०७१-७२ मा एक वर्ष समय लगाएर अनुसन्धान गर्दा राजधानीको वायु अत्यन्तै प्रदूषित रहेको तथ्य बाहिर ल्याएको थियो । वायु प्रदूषण मापन गर्न पुतलीसडक, ललितपुरको महालक्ष्मीस्थान, भक्तपुरको जगातीमा राखिएको स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. खेम कार्कीले बताए । तीनवटा मापन केन्द्रको मेसिन जडान गर्न १७ लाख रुपैयाँ लागेको थियो । अरू प्राविधिकलगायत अपरेटिङ खर्च २५ लाखभन्दा धेरै भएको कार्कीले बताए ।

    बिहान र बेलुकाको वातावरण प्रदूषित
    काठमाडौं उपत्यका भएकाले एक ठाउँको प्रदूषण स्वाभाविकै रूपमा सबै क्षेत्रमा पुग्ने स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव कार्कीले बताए । ‘एक ठाउँमा भएको प्रदूषण सबै ठाउँमा रुमलिएर जाने भएकाले जताततै प्रदूषित हुन्छ,’ उनले भने । उपत्यकामा गाडीको धेरै चाप हुने चक्रपथ क्षेत्रमा अत्यधिक प्रदूषण हुने गरेको कार्कीले बताए । उपत्यकामा सबैभन्दा धेरै प्रदूषित वातावरण बिहान र बेलुका हुने गरेको अनुसन्धानले देखाएको छ ।

    प्रदूषणले मुटु रोग निम्त्याउने
    राजधानीमा भएको प्रदूषणले ४० प्रतिशतभन्दा बढी मुटुको रोगी बढाएको सदस्यसचिव कार्कीले बताए । उनका अनुसार धुलोधुँवाले १४ प्रतिशत दमको रोगी, ६ प्रतिशत क्यान्सर र ३० प्रतिशत अन्य विविध खालका रोग लाग्ने गरेका छन् ।

    गाडीबाट धेरै प्रदूषण
    राजधानीमा गाडीले फाल्ने धुँवा र धुलोबाट ३८ प्रतिशत प्रदूषण हुने गरेको वातावरण विभागका प्रवक्ता मोहनदेव जोशीले जानकारी दिए । त्यसैगरी, कृषिसम्बन्धी विभिन्न क्रियाकलाप गर्दा १८ प्रतिशत र इँटा उद्योगलगायत विभिन्न कलकारखानाबाट ११ प्रतिशत प्रदूषण हुँदै आएको छ । अरू ३३ प्रतिशत प्रदूषण अन्य विविध क्षेत्रबाट हुने गरेको छ ।

    प्रदूषण नियन्त्रणसम्बन्धी रणनीति बनाइँदै
    राजधानीलगायत उपत्यकाका मुख्य–मुख्य सहरमा प्रदूषण बढ्दै गएपछि सरकारले राष्ट्रिय प्रदूषण नियन्त्रण रणनीति कार्ययोजना ल्याउने तयारी गरेको छ । जनसंख्या वृद्धिसँगै प्रदूषण बढ्दै गएपछि समग्र प्रदूषण नियन्त्रण गर्न रणनीति ल्याउन थालिएको हो ।

    नेपालमा पछिल्लो समय धेरै प्रकारका प्रदूषण बढ्दै गएको छ । जसमा हावापानी, ध्वनि, माटो, खाद्य पदार्थमा विषादी, ठोस फोहोरको व्यवस्थापनमा समस्या र इलेक्ट्रोम्याग्नेटिभको प्रदूषण रहेको कलेज अफ एप्लाइड साइन्सेस नेपालका संस्थापक प्रिन्सिपल तथा प्रदूषणसम्बन्धी अनुसन्धान अध्यता डा. भूपेन्द्र देवकोटाले बताए ।

    प्रदूषणसम्बन्धी समग्र नियन्त्रण गर्ने कानुन नभएकाले समस्या भएको उनको भनाइ छ । वातावरण विभागले वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ जारी गरेको छ । तर, समग्र प्रदूषण नियन्त्रणसम्बन्धी कानुनी रूपमा स्पष्ट नभएपछि अध्ययन गरी नयाँ कार्यनीति ल्याउन थालिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij