प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
कसैप्रति माया पलायो भने न त त्यो व्यक्ति सानो हुन्छ, न ठूलो हुन्छ, न धनी, न नै गरिब । केही यस्तै घटना गोवामा सार्वजनिक भएको छ । भारतीय मिडिया अनुसार एक रुसी अधिकारीले गोवाको एक बारमा काम गर्ने खेत मजदुरको छोरालाई आफ्नो मन मुटु दिइन् ।
रसियन पार्लियामेन्ट हाउसको इकोनोमिक डिपार्टमेन्टकी अधिकारी अनस्तस्थाले एमपीमा बस्ने नरेन्द्रसँग विवाह पनि गरिसकेकी छिन् र अब उनी आफ्ना श्रीमानलाई आफूसँगै रुस लिएर जान चाहन्छिन् ।
यसरी भयो रुसी महिलासँग प्रेमः
नरेन्द्रले तीन वर्ष पहिले अनस्तस्थालाई पहिलो पटक भेटेका थिए । जहाँ उनी एक बियर बार काउन्टरमा बारम्यान थिए ।
सुरुवाती कुराकानी टुटेफुटेको अंग्रेजीमा भएको थियो । २५ वर्षकी रुसी महिलालाई पनि अंग्रेजी आउँदैनथ्यो तर दुबैले एक अर्काको भाषा आँखाबाटै बुझे र पछि मनको पनि ।
त्यसपछि साढे दुई वर्षसम्म उनी नरेन्द्रलाई भेट्न भारत आउन थालिन् । त्यतिबेला सोसल मिडियामार्फत उनीहरुको कुराकानी चलिरहन्थ्यो । त्यसपछि अनस्तस्थाले उनलाई मस्को बोलाइन् । जहाँ उनीहरु दुबैले अगस्टमा विधिवत विवाह गरे ।
नरेन्द्र मुलतः मजदूर परिवारका हुन् । उनका बुवा काशिराम लोधीसँग सम्पत्तिको नाममा एक टुक्रा जमिन पनि छैन । पूरा परिवार खेतीमा नै निर्भर हुन्छ । उनको परिवारमा आमासँगै एकजना भाइ र एक बहिनी छिन् ।
नरेन्द्रका अनुसार केहि दिन पहिले उनले श्रीमती अनस्तस्थालाई गाउँमा लिएर गएका थिए । आमा–बुवालाई भेटाएपछि अब नरेन्द्र श्रीमतीसँगै रुसमा बस्ने तयारी गरिरहेकी छिन् । यसका लागि भिसाको आवेदन पनि दिइसकेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij