आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको लागि तयारी तीब्र

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ त्यसको तयारी तीब्र पारिएको छ ।

    राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्यरुपमा सफल बनाउन पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत गठित स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समितिले यतिखेर आफ्नो तयारीलाई तीब्रता दिएका छन् ।

    पश्चिमाञ्चल क्षेत्रीय सहप्रशासक दिवाकर बाँस्तोलाका अनुसार उपसमितिले आफ्नो जिम्मामा भएका सम्पूर्ण कार्य कात्तिक १८ गते अगावै सम्पन्न गर्ने गरी काम थालेका छन् ।

    प्राप्त कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । विमानस्थलबाट सिधै पोखरा ग्रान्ड होटलमा जाने र केही समय आराम गरेपछि अपरान्ह ३ः०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।

    उनको भ्रमणको सिलसिलामा पोखराको सुरक्षा व्यवस्था मिलाइएको छ । यसको जिम्मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले लिएका छन् ।

    राष्ट्रपतिको भव्य स्वागतका लागि होटल ग्रान्डदेखि रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म स्वागतद्वार बनाइनेछ भने उनी सवार गर्ने बाटोमा नेपाल र भारतका झन्डा फहराइनेछ ।

    त्यस्तै नेपाली मौलिकपनमा आधारित सांस्कृतिक झाँकी, बाजागाजा एवम् अभिवादनबाट श्रद्धाएवम् हार्दिकताका साथ राष्ट्रपतिको स्वागत गरिने छ ।

    पोखरा भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले भारतीय पेन्सनक्याम्पबाट अमरसिंह, पृथ्वीचोक, हल्लनचोक, लेकसाइडलगायतका स्थानको दृश्यावलोकन गर्नुहुने क्षेत्रीय सह–प्रशासक बाँस्तोलाले जानकारी दिए ।

    विश्वमै पर्यटकीय ख्याती कमाएको पोखरामा अघिल्लो वर्ष सम्पन्न सार्क मन्त्रिपरिषद्को बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणसँगै दिपावलीलगत्तै हुन लागेको भारतीय राष्ट्रपतिको भ्रमणले यहाँको गरिमा र महत्वलाई अझै उचाइमा पु¥याउने विश्वास पोखरेली जनताले लिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij