आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

पुरानै सर्वेअनुसार हुलाकी राजमार्ग निर्माण हुने

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • कैलाली । कैलालीको वसन्ता वन क्षेत्रको ९० हेक्टर अतिक्रमण खाली गराउन स्थानीयवासीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पुरानै सर्वेअनुसार काम गर्ने सहमति भएको छ ।

    कैलालीको रतनपुर– ५ वसन्तामा बिहीबार आयोजित वृहत छलफलमा वसन्ता जैविक मार्गमा पर्ने ९० हेक्टर अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन स्थानीयवासीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि जिल्ला वन कार्यालयले पुरानै नक्साङ्कनअनुसार हुलाकी सडक निर्माण गर्न दिने सहमति जनाएको छ ।

    कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले, हुलाकी सडक निर्माण आयोजनाका प्रमुख तुरुन्त मण्डल र राजनीतिक दलका प्रतिमण्डललगायत स्थानीय बासिन्दाबीच वृहत छलफल भएपछि सो सहमति भएको हो ।

    छलफलमा जिल्ला वन अधिकृत रमेश चन्दले वसन्तामा अतिक्रमण गरी बसेकालाई हटाउन स्थानीयवासीले सहयोग गरेमा वन कार्यालयले पुरानै सर्वेअनुसार सडक निर्माण गर्न दिने बताए ।

    पवेरा गाविस –४ का पूर्वअध्यक्ष पर्शुराम चौधरीले सरकारको राष्ट्रिय नीति र जनताको माग अनुसार जङ्गलको उत्तर दिशातर्फबाट हुलाकी बाटो बनाउने रहेकाले यसका लागि यहाँका जनताले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    वसन्ता जैविक मार्गको अस्तित्व सङ्कटमा पर्ने भन्दै जिल्ला वन कार्यालय कैलालीले हुलाकी सडकको नक्साङ्कन परिवर्तनको अडान लिएपछि लामो समयदेखि कैलालीमा पर्ने हुलाकी राजमार्गको निर्माण कार्य रोकिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij