प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३
दाङ । दाङमा प्रहरीले विश्वमै दुर्लभ मानिने बन्यजन्तु रेडपाण्डाको छाला सहित एकजना तस्करलाई पक्राउ गरेको छ ।
नेपालगन्जबाट खटिएको क्षेत्रीय अनुसन्धान समुह(आरआइटी)को टोलीले लालमटीया ३ भालुवाङबाट रेडपाण्डाको छाला सहित मिरूल १ रोल्पाका २५ बर्षिय दिपक बुढामगर लाई नियन्त्रणमा लिएको आरआइटीका कलिम बेहनाले जानकारी दिए । उनलाई प्रहरीले शुक्रबार बेलुकी करिब साढे ६ बजे पक्राउ गरिएको हो । बेहनाका अनुसार बुढामगर रेडपाण्डाको छालाको तस्कर गर्ने व्यक्ति हुन् । पक्राउ परेकालाई इप्रका भालुवाङमा बुझाइएको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij