आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

गैँडाको आक्रमणबाट मृत्यु

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३



  • नवलपरासी (कावासोती) । नवलपरासीको कावासोती–१२ गैरीमा गैँडाको आक्रमणबाट अनिल मण्डलको मृत्यु भएको छ ।

    पैँतालिस वर्षीय मण्डलको आज बिहान शौच गर्न जङ्गल गएका बेला गैँडाको आक्रमणबाट मृत्यु भएको इप्रका, नवलपुरले जनाएको छ । एक साता अगाडि मध्यविन्दु नगरपालिका–७ मा बाघको आक्रमणबाट पनि एक महिलाको ज्यान गएको थियो ।

    जङ्गलमा रहेको बाघ नियन्त्रण लिने प्रयास गरिए पनि सफल नभएपछि यहाँका बासिन्दा जङ्गल जान छाडेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको हो । तीन दिनदेखि यो प्रयास जारी रहेको अम्रसा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद ढुङ्गानाले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij