आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

दुर्घटनामा शिक्षकको मृत्यु ,पाँच घाइते

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३



  • भोजपुर । धरानबाट धनकुटाको अखुवाटार हँुदै भोजपुर आइरहेको पिकअप भ्यान आज साँझ दुर्घटना हुँदा भोजपुरका एक जना शिक्षकको मृत्यु भएको छ ।

    पिकअप भ्यान सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक पृथिमान राईको घटनास्थलमै मृत्यु भएको स्थानीय विशाल राईले जानकारी दिनुभयो ।

    दुर्घटनामा उहाँकी पत्नीसहित पाँच जना यात्रु घाइते भएका छन् । धरानमा उपचार गरेर घर फर्किने क्रममा शिक्षक राईको दुर्घटनामा मृत्यु भएपछि भोजपुर शोकमग्न भएको छ ।

    भोजपुरको घोडेटार हुँदै हसनपुरबाट अरुण नदीसम्म कच्ची बाटो यसै वर्ष खनिएको हो । त्यहाँबाट अरुण नदी पारी धनकुटाको अखुवाटार हुँदै तमोरको मुलघाट निकालेर धरानसम्म जाने कच्ची बाटो पनि जोडिएको थियो । यही बाटोबाट आउने क्रममा सवारी दुर्घटनामा परेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij