आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

सकारात्मक पत्रकारिताको खाँचोः सञ्चारमन्त्री कार्की

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३



  •  झापा । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाली पत्रकारिता अब सकारात्मक दिशातर्फ उन्मुख हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

    आज झापाको दमकमा प्रेस सेन्टरले आयोजना गरेको भेटघाट कार्यक्रममा सञ्चारमन्त्री कार्कीले नेपाली मिडियाले सधैँ नकारात्मकतर्फ मात्र केन्द्रित भएकाले अब विकाससँगै सकारात्मक पत्रकारितामा जोड दिनुपर्ने आैँल्याए  ।

    उनले सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र क्षमता अभिवृद्धि गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

    उनले भने – “अब राजनीतिबाहेक विकासका खोजमूलक समाचार पस्कन छिट्टै प्रोत्साहन नीति ल्याउनेछ ।” सरकारले खोजमूलक पत्रकारिता गर्नेलाई सम्मान गर्ने बताउनुहँुदै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो– “सकारात्मक पत्रकारिताले पेसागत क्षमता विकास हुन्छ ।”

    उनले मोफसलका सञ्चारमाध्यमले राजधानीका सञ्चारमाध्यम सँगसँगै प्रतिस्पर्धा गर्न नसकेकाले अब मोफसलमा रहेका सञ्चारमाध्यमको विकासका लागि सरकारले समानुपातिक विज्ञापन नीति ल्याउन लागेको बताए  ।

    पूर्व क्षेत्र सञ्चारको पहुँचमा कमजोर भएको बताउँदै उनले मुलुकका सबै ठाउँमा इन्टरनेटको पहुँच बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij