प्रकाशित मिति : आइतवार, कार्तिक १४, २०७३
काठमाडौँ । बाँकेमा सात तथा बर्दियामा दुई जना डेङ्गुका नयाँ बिरामी भेटिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गुबाट साउनयता ५९४ बिरामी भेटिएका छन् । महाशाखाका निर्देशक डा भीम आचार्यले बाँकेमा यस रोगबाट तीन जनाको मृत्यु भएको भन्ने खबर पुष्टि नभएको बताउनुभयो ।
“डेङ्गु प्रभावित जिल्लामा आवश्यक औषधि र चिकित्सक खटाइसकेका छौँ, चाडपर्वका समयमा पनि उपचार हुन्छ,” उहाँले भन्नुभयो । डेङ्गु देखिएको सबै जिल्लामा चाडपर्व र बिदाका समयमा पनि सेवा दिन परिपत्र गरिएको उहाँले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij