प्रकाशित मिति : शनिबार, अशोज १५, २०७३
गोविन्द खड्का ,दाङ । भर्खरै केहि आकस्मिक दुःखद घटना चर्चामा आएका छन् । महिला भेट्नकै लागि युवाले ज्यान गुमाएका छन् । तिनको वास्तविकतालाई दुर्घटनाको पर्दाले छोपिएको छ । श्वर निकालेर व्याख्या गर्न सकिन्न ।
घर भा“डिएका घटना बस्ति पिच्छे भेटिन थालेका छन् । यौन जन्य विषयमा गाउ“ र शहर एउटै बनेका छन् । जात, बर्ग, क्षेत्र वा अन्य कुनै सिमानाले यौन सम्वन्धि घटनालाई छेक्न सकेको छैन । त्यसलाई धेरैले सञ्चारको दुरुपयोगका रुपमा अर्थ लगाएका छन् । देख्न नपाउदै प्रेम बसाल्छ । कतै शारीरिक सम्वन्धमा टुंगिन्छ । कतै विवाह भएका छन् । कतिले आत्महत्या रोज्छन् ।
भर्खरै जियुदै बच्चा गाड्न लगेको समाचार सार्वजनिक भएको थियो । त्यसतै जन्माएर मारी झोलामा राखेको भन्ने पनि आयो । ति दुबै बच्चा परपुरुष पर स्त्री पट्टिका थिए । धेरैले आश्चर्य प्रकट गरे । भित्र भित्रै लुकेका कुराहरु धेरै हुने अनुमान गर्न सकिन्छ । जहा“ पति पत्नि अलग हुनुपरेका क्षेत्र छन् । बैदशिक रोजगार वा अन्य कुनै पनि कारणले उनिहरुबिच समागम हुन दिन्न ।
कारण जस्तो सुकै भएपनि आत्महत्या चासोको विषय बन्दैन । जुनसुकै कारणले विष खान वा झुण्डिन पठाएपनि त्यसको कानुनी उपचार छैन । सञ्चार माध्यममा चर्चा पाउदैन । त्यसरी दुर्घटना भने लुक्दैन । त्यसमा सवारहरुको परिचय खुल्दा समाजले अनुमान लगाउछ । परिस्थितिको व्याख्या गर्छ । त्यसको समाधानको लागि दिमाग खियाउनु पर्छ । त्यसैमा बहस केन्द्रित गर्न चाहेको छु ।
कसै संग सुतेकी युवति चोखि हुन्छ । कसै संग लसपस भएकी पत्नी चल्दैन । आजको प्रचलित मान्यता हो । यसमा कति सत्यता छ र कति खोक्रो आडम्बर हो केलाउन अनिवार्य भएको छ । थोरै मात्रै छन् कसै संग रात विताएकी श्रीमति सहर्ष स्विकार्ने । समाज भने धारेहात लगाउछ ।
कुनै होटलमा व्यवसाय गरेर बसेकि यौन कर्मि संग पुरुषहरु लाईन बस्न तयार छन् । आफ्नो पालो पछि ईच्छा पुरा गर्छन् । त्यसको रकम तिर्छन् । हलुको भएर आनन्द हुदै निश्कन्छन् । उनिहरुले आफ्नो रोग व्याधी फालेको महशुस गर्छन् । त्यसरी फाल्न पाउदा हजार पा“चसय तिर्नु सजीलो भन्छन् । त्यहि यौनकर्मि मन परेकि कुनै पुरुषकि श्रीमतिमा परिणत हुन्छे । त्यस पछि चोखिएकी अर्को पुरुष संग संसर्ग नगर्दाका दिन सम्म जुठि मानिदैने । रेड एरियमा गएर फर्किएको पुरुष भने घरकी श्रीमतिले सधै चोखो ठानेर पति परमेश्वरका रुपमा पुजा गर्नूपर्छ ।
त्यहि अबस्था भोगेकाहरु घरमा भने विपरीत व्यवहार गर्छन् । पत्निले कतै कुनै पुरुष संग छोईछिटो गर्न हुदैन । कसैलाई ठाडो नजर लाउन पाउदैन । हासो ख्याल गर्नु अपराध हो । कसैसंग सुतेपछि त सम्वन्ध सकिगो । त्यसतो महिला राख्ने नामर्द हुन्छ । लाचार हुन्छ । मानौ त्यो पुरुषमा गनिदैन । त्यसले त्यहि श्रीमति राख्ने हो भने आफु बसेको समाज त्यागेको हुनुपर्छ ।
त्यहि महिलाका कुरा गरौ उसले घर, सम्पती आफुले जन्माएका बालबच्चा, पालेका लालाबाला, गोडमेल गरेका वोट विरुवा त्यागेर हिन्छे । त्यो पुरुष र समाजका लाई अछुत बन्छे । उसले अक्षम्य अपराध गरेको ठानिन्छ । उ कहिल्यै कुनै उपाएले पनि न चोखिने गरी जुठि हुन्छ । दुनियाको जुठो स्याहारेर पुरुष बस्नु हुन्न भनिन्छ । छोड्ने पुरुष बहादुर बनेर गर्ब गर्छ ।
त्यहि समाजका धेरै महिला र आफ्नो पति बाट मात्रै सधैका लागि अपमानित हुन्छे । छुटेको साईनो छुट्छ मरेको साईनो जिवित रहन्छ भनिन्छ । त्यहि मान्यतामा टेकेर घृणा गर्ने महिलाहरुका पुरुषहरु आकर्षित हुन्छन् । त्यगिएकी संग लुकि चोरी व्यवहार गर्न खोज्छन् । अरुलाई दिने मलाई नदिने । उनिहरुको पासा हुन्छ । व्यवहारीक संकटमा फसाउछन् । उस संग लसपस हुन सजिलो भएको ठान्छन् । अलि सुफत भएको अनुभुति गर्छन् । मजा लिन तम्सिन्छन् ।
बरु हारालुछ हुन्छ । पकडमा ल्याउन तानातान मात्रैहोईन कुटा कुट चल्छ । कतिपय ठाउमा ग्याङफाईट भएका छन् । जसले पत्नि बनाएको थियो उसले सर्बाधिक घृणा गरेको महिला चार्चित र लोकप्रिय बनेका घटना प्रशस्त छन् । उ सबै पुरुषका लागि खुला र सजिली ठानिन्छे । केहि समय भित्रै अर्काकि श्रीमति बनेर भित्रिन्छे । त्यहा शुद्ध, राम्री, गुणवति शिल वति बन्छे । कसैको सुन्दर घरबार तयार हुन्छ । पहिलो घर भताभुङग बन्छ । पुरुष व्यशोर हिड्न थाल्छ ।
कतिपयले सुसाईट नोट लेखेर आत्महत्या गर्छन् । कतिले व्यपत्ता भएर आत्महत्या गर्छन् । केहिलाई अस्पताल उपचार पछि बचाईएको छ । दाङमा आत्महत्या गर्नेहरुको दर निकै उच्च छ । हरेक बर्षका तथ्यांकले जिभ्रो टोक्ने बनाउछन् । यसको खास कारण यहि हो भनेर पहिलाउन सकिएको छैन । अलि धेरैलाई कसै संग सल्किएको आरोप लाग्छ । समाजमा मुख देखाउन लाएक नठानेपछि उनिहरुले बाद्यताले जिवन त्याग्छन् । मरे पनि त्यो परिस्थिति सकिदैन अर्कामा देखापर्छ । यतिकाले जिवन त्यागेर समस्या हल भएको छैन । झन् बल्झिएको महशुस हुन्छ । यसरी घरबार खरानी हुन्छ । जहान परिवार बिचल्लीमा पर्छन् । हामिले बोल्न कति लजाउनु ?
लेख्दा खेरि स्तरीय किन नहुने । यौनका कुरा बर्जित मुस्लिम मुलुकमा छुटै धर्म सम्वन्धि पत्रिका हुन्छ त्यहा खुलम खुला लेखिन्छ भन्ने कतै पढेको थिए“ । हाम्रो मुलुकमा यसलाई छाडा भनेर टिप्पनी गरीन्छ । भित्रि चाहना स्वच्छन्दताको हुन्छ । त्यसैले त परपुरुष बाट जन्मेको बच्चा बेचेको भेटिएको छ । पुर्व जनमुक्ति सेनाले त्यसो गरे भन्दा आश्चर्य लाग्ला । बास्तविकताले हटायो । सानै उमेरमा युद्धमा लागे । बैस जोवनको अनुभुति भैन । अहिले शान्ति पछि उछिं«खल बनेका छन् । समाजले नाना थरी टिप्पनी गरेको छ । संस्कृतिक मामलामा सबै भन्दा अनुदार र कठोर यो मुलुकमा माओवादि र त्यस भित्रको अनुशासीत तप्का जनमुक्ति सेना नै हो । उनिहरुको बैस झल्काउने पालै आएको छैन । बाल विवाह गरेका जोडिको बच्चा पाएपछि बैस आए जस्तौ मात्रै हो । उनिहरुलाई घृणा र हेलाका पात्र बनाईनु हुन्न ।
एक दिन महिला स्वाथ्य स्वयंसेविकालाई भेट्न अधबैें महिला आईछिन् । तिनले मेरो बुढेको उत्तेजीत हुन्न । के औषधि हुन्छ रे दिनुस, भनिन् रे । छट्टै सुन्दा त अलि अकमकाईछिन् । तर पनि स्वयंसेविकाले आफुले थाह नपाएको सोधेर भए पनि जवाफ दिनु पर्छ । भोलि आउनु भनेर म्याद दिएर विदा गरीन् । उनको पुरुषले श्रीमति सन्तुष्ट बनाउने उपाए खोज्न हिनता बोध ग¥यो । ईज्जत खस्किने डरले घरमा बस्यो । त्यसरी लुकाउने पुरुष धेरै छन् । छोरा पाउने मात्रै होईन, पुरुषको लिंग उत्तेजीत बनाउने जिम्मा पनि महिलामा थुपार्छन् । समानताको सवाल यहि चुकेको छ ।
महिलाहरुले आफ्नो योन साथिलाई बाईक किन्छे रे, होटलमा खुवाउछे रे, भाडा दिन्छे रे यस्तै यसतै चर्चा हुन्छन् । तर पुरुषले स्कुटि दिएको कतै हल्ला हुदैन । न त लिएको नै थाह पाईन्छ । कतै घुमाउन लैजाने, मन लाग्दा कपडा दिने, गहना बनाउने, पर्यटकिय स्थल डुलाउने हरेक काम पुरुष गर्छन् । त्यसको कतै व्याख्या गरीन्न । खिसी टियुरी हुन्न । पुरुष भएकाले उसलाई सबै कुरामा छुट छ । एक महिला नेतृलाई यहि विषयमा सोधेको थिए“ । ‘महिलाहरु पुरुष खोज्दै हिड्दा हुन्छ कि हुन्न ?’ तिनको जवाफ थियो ‘सुहाउदैन ।’ त्यसो भए समानता पनि हुदैन । आपराधिक घटना पनि बढिरहन्छन् । मैले जवाफ दिए“ । उनि हा“सेर बसिन् । बिबाह गर्नु भनेको धन, सम्पती खान लाउनका लागि मात्रै हो भन्ने बुझाई खराब छ । माईतिमा बस्दा भोकै नाङ्गै चेलीहरु बसेका हुदैनन् । त्यहा पुर्ति नहुने आबश्यकताले सन्तुष्टि लिन बिहे गर्ने हो । बाबु, आमा, दाजुभाई दिदि बहिन संग नगरीने व्यवहार विहे पछि गरीन्छ । त्यो अपुरो कुरा धक फुकाएर पुरा गर्न नसकिए खटपट आउछ र ध्वस्त हुनसक्छ ।
उठाउन खोजेको कुरा जथाभावि गर्नुपर्छ भन्ने होईन । यौनलाई सामान्य बनाउनुपर्छ भन्ने हो । प्राकृतिक आबश्यकता हो त्यसलाई संस्कार र साहिनोले रोक्न सक्दैन । भाले र पोथिको मिलन प्राकृतिक नियम हो । त्यसलाई कृतिम संस्कारले बा“ध्न सक्दैन । बरु वातावरण कस्तो संग मिलाउने भन्ने हो । कसरी त्यसलाई तानब मुक्त बनाउने भन्ने सोच्नुपर्छ । आलोचना मात्रै गर्ने होईन । रोक्ने दुश्प्रयास गर्नुहुदैन । खाना खानुभन्दा पनि ठुलो कुरा प्यास लाग्दा यौन ईच्छा पुरा गर्नु हुन्छ । त्यसलाई दवाउनेहरुले मानसीक र सारिरीक रुपमा केहि न केहि अफ्ठेराहरु व्यहोर्नुपर्छ । त्यसबाट ठुलै रोग जन्मिन सक्छ । यदि पराई बाट प्यास मेटाउनेहो भने घरबार ध्वस्त हुन्छ । आत्महत्यमा गएर टुंगिन सक्छ । त्यस बाट बच्ने उपाए पति पत्नी वा पैसा मध्य एउटा रोज्ने हो । दुवै चिज पाउने थोरै मात्र हुने छन् । त्यसतो भाग्यशालि चिठा तपाईलाई नपर्न पनि सक्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij