शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पूर्तिघाटमा कार्तिक १ गतेदेखि धार्मिक पर्यटन महोत्सव हुने

  • प्रकाशित मिति : शनिबार, अशोज १५, २०७३



  • काठमाडौं  ।   श्रीमद्भागतवत् संङगीतमय सप्ताह ज्ञान महाज्ञले आगामी कार्तिक १ देखि ९ गतेसम्म पर्वत र गुल्मीको संगम स्थल प्रजापति क्षेत्र पूर्तिघाटमा पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ ।

    शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पर्वत र गुल्मी आसपासमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको बिकास र पर्वद्धन गर्ने उद्देह्यका साथ उक्त महत्सवको आयोजना गरेको बताउदै अरुण धर पराजुलिले भने,“हामीसँग सुनको थाल छ तर त्यहि सुनको थालमा भिख मागेर बाँचिरहेका छौँ, वैद्धिक मानव जातिको उत्पति पनि यसै गण्डकीको वहाफमा भएको हो, यस क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरूको बिज्ञापन गर्न सकेका छैनौ ।”

    आयो यो कलिको कराल भूमरी छोपेर चारैतिर ।।
    आँखा बन्द भए कला कृति गए, मनमा छ सारै पिर ।
    फालौं जाल पराईका हित चिनांै, मैत्री जगतमा गरि ।।
    आफ्नै संस्कृतिमा डटौ, मिली उठौँ आयो परिक्षा घडि ।

    राष्ट्रगुरू योगीनाथ नरहरी त्यस्तै कार्यक्रममा पूर्व सभासद सुर्वण ज्वारचनले गुल्मी जिल्लामा भएका पर्यटकिय स्थलहरूको प्रचार प्रसारसंगै संरक्षणको खाँचो रहेको बताउदै उनले भनिन् “यो धार्मीक महोत्सव २०७३ लाई सभ्य र भव्य बनाउन मेरो साथ सहयोग रहने छ । ”
    त्यस्तै रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले पत्रकारहरुले नेताका मात्रै कुराहरू लेखेर देशको बिकास नहुने भन्दै धार्मिक, पर्यटन सँगै सिङ्गो समाजको विकास गर्नको लागि आफू सधै समर्पित हुने बताए ।

    कार्यक्रममा बोल्दै कालीगण्डकी यात्रा नेपालका अध्यक्ष नविन पौडेलले यस क्षेत्रका हरेक पर्यटकीय क्षेत्रका बारेमा प्रचार प्रसारमा गर्नु पर्ने बताउँदै अनले भन “वैद्धिक मानवको सुरुवात यसै कालीगण्डकी नसदको वाहफमा भएको हो । अब यस क्षेत्रको संरक्षणमा पत्रकारहरूको पनि महत्वपुर्ण हात रहन्छ ।” अर्को प्रसँगमा उनले थपे “खुर्सानि खादा पिरो हुन्छ, सबैलाई थाह छ, यदि खुर्सानि भनेर खाँदा गुलियो भयो भने त्यसको अर्थ रहँदैन ।”
    त्यस्तै वि.पि.प्रतिष्ठान नेपालका महासचिव देवेन्द्र पौडेलले देश हरेक रुपमा भत्किन थालेको भन्दै अब धार्मिक कोर्णबाट समाजलाई सकारात्मक बाटोमा लैजानु पर्ने बताएका छन् । कार्यक्रममा गोविन्द गौतम, भवानि श्रेष्ठ लगायतले यस क्षेत्रका पर्यटकिय स्थलको बारेमा आफ्ना धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij