शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मुसहरको आगनमा खानेपानी पुयाउन मुसहरकै नेतृत्वमा समिति

  • प्रकाशित मिति : शनिबार, अशोज १५, २०७३



  • बर्दिबास   ।   बर्षैंदेखि पिउने पानीको अभाव खेप्दै आएका बर्दिबास नगरपालिका २ स्थित मुसहर बस्तीमा खानेपानी पु¥याउन स्थानीय विल्टु सदा मुसहरकै अध्यक्षतामा रेखदेख समिति गठन गरिएको छ ।

    बर्दिबास खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चुडामणी पोखरेलको अध्यक्षतामा सोही बस्तीमा बसेको बैठकले स्थानीय बिल्टु सदाको अध्यक्षतामा सात सदस्यीय खानेपानी पाइपलाई विस्तार रेखदेख समित गठन गरिएको हो ।

    समितका सदयस्यहरुमा भिमबहादुर आले, राजन सुवेदी, रामसेवक सोनार, गोविन्द पौड्ेल, दुर्गा आले र पुष्प पौड्ेल रहेका छन् । त्यसैगरी समितिको सल्लाहकारमा राजकरण महतो, डमरबहादुर खत्री र नवराज कार्की रहेका छन् ।

    एकिकृत सेवा केन्द्र बर्दिबासदेखि दक्षिण मुसहर बस्तीमा पिउने पानी व्यवस्थापन गर्न झन्डै ढेड किलो मिटर दुरीमा खाल्टो खनेर पाइप लाइन विस्तार गर्नु पर्ने छ । ‘बर्दिबासमा निर्माणाधिन साँढे चार करोंडको खानेपानी आयोजनाको निर्माण कार्य बर्षाले प्रभावित बनायो । पानी प्रशोधन गर्ने फिलटरको काम भइरहेको छ ,’ खानेपानी अध्यक्ष चुडामणी पोखरेलले भने,‘ कात्र्तिक पहिलो सता मुसहर बस्तीमा हामी पानी पुयाउँछौं । ’

    समाजसेवी तथा हास्य कालकार धर्मुश(सिताराम कट्टेल) र सुन्तली( कुञ्जना घिमिरे)ले मुसहर बस्तीका मुसहरहरु अभाबैअभावमा बाँचेको पीडा बाहिर निकालेका थिए ।
    समाजिक अभियन्ता तथा युवा पत्रकार राजकरण महतोको पहलमा हास्यकलाकार जोडी धुर्मुश—सुन्तलीले सरोकारवलाहरुको आँखा खोलि दिएपछि पुस्तौं—पुस्तादेखि खानेपानीको अभाव खेप्दै आएका मुसहरहरुले खानेपानी पाउने भएका छन् । खानेपानीको अभाव समाधान गर्न यति खेर दु्रत गतिमा काम हुदैंछ ।

    तराई—मधेशको सबै भन्दा गरिब र चेतना स्तरबाट पछि परेका मुसहरहरुलाई पियने पानीको समेत चरम अभाव रहदैं आएको जनता उच्च मावि बर्दिबासका साहयक प्रधानाध्यापक दिलिप तिवारीले बताए ।

    राज्यको सेवा सुविधाबाट वञ्चित रहदैं आएका मुसहर बस्तीका मुसहरहरुको पीडा धुर्मुश—सुन्तली देशको कुना —कुना पु¥याएपछि यति खेर बस्तीको मुहार निरन्तर फेरीदैं गएको स्थानीय भिमबहादुर आलेले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij