आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुसहरको आगनमा खानेपानी पुयाउन मुसहरकै नेतृत्वमा समिति

  • प्रकाशित मिति : शनिबार, अशोज १५, २०७३



  • बर्दिबास   ।   बर्षैंदेखि पिउने पानीको अभाव खेप्दै आएका बर्दिबास नगरपालिका २ स्थित मुसहर बस्तीमा खानेपानी पु¥याउन स्थानीय विल्टु सदा मुसहरकै अध्यक्षतामा रेखदेख समिति गठन गरिएको छ ।

    बर्दिबास खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चुडामणी पोखरेलको अध्यक्षतामा सोही बस्तीमा बसेको बैठकले स्थानीय बिल्टु सदाको अध्यक्षतामा सात सदस्यीय खानेपानी पाइपलाई विस्तार रेखदेख समित गठन गरिएको हो ।

    समितका सदयस्यहरुमा भिमबहादुर आले, राजन सुवेदी, रामसेवक सोनार, गोविन्द पौड्ेल, दुर्गा आले र पुष्प पौड्ेल रहेका छन् । त्यसैगरी समितिको सल्लाहकारमा राजकरण महतो, डमरबहादुर खत्री र नवराज कार्की रहेका छन् ।

    एकिकृत सेवा केन्द्र बर्दिबासदेखि दक्षिण मुसहर बस्तीमा पिउने पानी व्यवस्थापन गर्न झन्डै ढेड किलो मिटर दुरीमा खाल्टो खनेर पाइप लाइन विस्तार गर्नु पर्ने छ । ‘बर्दिबासमा निर्माणाधिन साँढे चार करोंडको खानेपानी आयोजनाको निर्माण कार्य बर्षाले प्रभावित बनायो । पानी प्रशोधन गर्ने फिलटरको काम भइरहेको छ ,’ खानेपानी अध्यक्ष चुडामणी पोखरेलले भने,‘ कात्र्तिक पहिलो सता मुसहर बस्तीमा हामी पानी पुयाउँछौं । ’

    समाजसेवी तथा हास्य कालकार धर्मुश(सिताराम कट्टेल) र सुन्तली( कुञ्जना घिमिरे)ले मुसहर बस्तीका मुसहरहरु अभाबैअभावमा बाँचेको पीडा बाहिर निकालेका थिए ।
    समाजिक अभियन्ता तथा युवा पत्रकार राजकरण महतोको पहलमा हास्यकलाकार जोडी धुर्मुश—सुन्तलीले सरोकारवलाहरुको आँखा खोलि दिएपछि पुस्तौं—पुस्तादेखि खानेपानीको अभाव खेप्दै आएका मुसहरहरुले खानेपानी पाउने भएका छन् । खानेपानीको अभाव समाधान गर्न यति खेर दु्रत गतिमा काम हुदैंछ ।

    तराई—मधेशको सबै भन्दा गरिब र चेतना स्तरबाट पछि परेका मुसहरहरुलाई पियने पानीको समेत चरम अभाव रहदैं आएको जनता उच्च मावि बर्दिबासका साहयक प्रधानाध्यापक दिलिप तिवारीले बताए ।

    राज्यको सेवा सुविधाबाट वञ्चित रहदैं आएका मुसहर बस्तीका मुसहरहरुको पीडा धुर्मुश—सुन्तली देशको कुना —कुना पु¥याएपछि यति खेर बस्तीको मुहार निरन्तर फेरीदैं गएको स्थानीय भिमबहादुर आलेले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij