शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पुर्वाधार निर्माणमा योजना आयोगको प्राथमिकताः उपाध्यक्ष श्रेष्ठ

  • प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३



  • म्याग्दी  ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले नेपालको आर्थिक विकास र सम्बृद्धीका लागि पुर्वाधार निर्माणमा प्राथमिकता दिएको बताएका छन् ।
    म्याग्दी उद्योग वाणिज्य संघले आईतबार बेनीमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले सडक, उर्जा, पर्यटन, कृषि, सञ्चार क्षेत्रको विकासका लागि पुर्वाधार निर्माणमा जोड दिएको बताए ।

    जनतालाई सुबिधा, रोजगारी सिर्जना र देशको आम्दानी वृद्धी हुने पुर्वाधार आयोजनामा राज्यले लगानी बढाएको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।
    विकासका लागि राजनितिक स्थिरता, प्रशासनीक समन्वय र समुदायको सहयोग आवश्यक रहेको श्रेष्ठले बताए ।

    सरकारले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्न पुर्वाधार निर्माणमा प्राथमिकता दिएको जानकारी दिए ।
    उपाध्यक्ष नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका उपाध्यक्ष श्रेष्ठले म्याग्दीमा उर्जा, पर्यटन र सडक पुर्वाधारको विकासमा पहल गर्ने प्रतिवद्धता जनाए ।

    उपाध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य संघको तर्फबाट बधाई ज्ञापनका साथै स्वागत गरिएको थियो । संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले म्याग्दीमा सडक स्तरवृद्धी, विस्तार, तटीय क्षेत्रका बस्ती संरक्षण, जलविद्युत आयोजना निर्माणका लागि पुर्वाधार तयार र औद्योगीक क्षेत्र स्थापनाका लागि उपाध्यक्ष श्रेष्ठको ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij