शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ट्राफिक प्रहरीको गाडीदेखि होसियार !

  • प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३



  • काठमाडौं   ।  सवारी साधन चलाउँदा कतै तपाईँले सवारी नियम त उल्ङघन गरिरहनु भएको छैन ? ट्राफिक प्रहरी नबसेको स्थानमा  नियम उलंघन गर्नु भयो भने समेत तपाइ कारबाहीमा पर्न सक्नुहुन्छ ।

    किनकी महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै ट्राफिक प्रहरीहरुका सवारी साधनमा ड्यास बोर्ड क्यामेरा जडान गरेको छ ।
    क्यामरा जडानपछि अब सडकमा ट्राफिकले देखेन भनेर गल्ती गर्नेहरु छुटकारा नपाउने र सडकमा अनुशासन कायम गर्न ठूलो सहयोग पुग्ने ट्राफिक महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले बताए ।

    यी क्यामेराले सडकमा गुडिरहेकाको गाडीको गतिका साथै सडकको छेउमा पार्किङ गरेर राखेका र सडकमा बाटो काट्नेहरुको निगरानी गर्ने छ । यो सबै काम भिडियो रेकर्डबाट हुने छ ।

    आजदेखि सञ्चालनमा ल्याइएको क्यामेराले कसैले गल्ती गरेर भाग्ने र पछि मैले गल्ती गरेको छैन भन्नेहरुका लागि भिडियो सहितको प्रमाण हुने भएकाले कारवाहि गर्न सजिलो हुने ललितपुर ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर सीताराम हाछेथुले बताए ।

    ट्राफिक प्रहरीले पहिला प्रयोग गरेका क्यामेराहरुले एउटै ठाँउमा मात्र खिच्थे भने यो क्यामेरा ट्राफिक प्रहरीको गाडिमा हुने हुँदा सबै ठाँउको गतिबिधि रेकर्ड गरिरहेको हुन्छ ।traffic-camera-3

    अब सडकमा गल्ती गर्नेलाई निरुत्साहित गरी सडकमा सवारी आवागमन सजिलो हुने हाछेथुले बताए । यसबाट लेन मिच्ने, जथाभावि ओभरटेक गर्ने , तिब्रगतिमा सवारी हाक्ने, जथाभावि सर्वाजनिक सवारी रोक्ने र यात्रु चढाउने लगायतलाई कारवाहि गर्न सजिलो हुने हुने भनाई छ ।

    यसले सडकमा खटेका ट्राफिक प्रहरीको कामकारवाहिलाई पनि निगरानी गर्न सजिलो हुने बताइएको छ । हाछेथुले भने–यसले ट्राफिक जाम हुनुको कारण समेत पत्ता लगाउने छ । भ्वाइस पनि रेकर्ड हुने भएकाले कसले के बोल्यो भनेर पनि थाहा हुन्छ । यो ड्याम बोर्ड क्यामेरामा जिपिएस भएकाले कुन ठाँउमा कुन समयमा कसले के ग¥यो समय सहित रेकर्ड हुने छ ।’traffic-camera-1

    लक्ष्मी हुण्डाईले ५० वटा ड्याम बोर्ड क्यामेरा महानगरीय ट्राफिक प्रहरीलाई सहयोग गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij