आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्राफिक प्रहरीको गाडीदेखि होसियार !

  • प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३



  • काठमाडौं   ।  सवारी साधन चलाउँदा कतै तपाईँले सवारी नियम त उल्ङघन गरिरहनु भएको छैन ? ट्राफिक प्रहरी नबसेको स्थानमा  नियम उलंघन गर्नु भयो भने समेत तपाइ कारबाहीमा पर्न सक्नुहुन्छ ।

    किनकी महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै ट्राफिक प्रहरीहरुका सवारी साधनमा ड्यास बोर्ड क्यामेरा जडान गरेको छ ।
    क्यामरा जडानपछि अब सडकमा ट्राफिकले देखेन भनेर गल्ती गर्नेहरु छुटकारा नपाउने र सडकमा अनुशासन कायम गर्न ठूलो सहयोग पुग्ने ट्राफिक महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले बताए ।

    यी क्यामेराले सडकमा गुडिरहेकाको गाडीको गतिका साथै सडकको छेउमा पार्किङ गरेर राखेका र सडकमा बाटो काट्नेहरुको निगरानी गर्ने छ । यो सबै काम भिडियो रेकर्डबाट हुने छ ।

    आजदेखि सञ्चालनमा ल्याइएको क्यामेराले कसैले गल्ती गरेर भाग्ने र पछि मैले गल्ती गरेको छैन भन्नेहरुका लागि भिडियो सहितको प्रमाण हुने भएकाले कारवाहि गर्न सजिलो हुने ललितपुर ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर सीताराम हाछेथुले बताए ।

    ट्राफिक प्रहरीले पहिला प्रयोग गरेका क्यामेराहरुले एउटै ठाँउमा मात्र खिच्थे भने यो क्यामेरा ट्राफिक प्रहरीको गाडिमा हुने हुँदा सबै ठाँउको गतिबिधि रेकर्ड गरिरहेको हुन्छ ।traffic-camera-3

    अब सडकमा गल्ती गर्नेलाई निरुत्साहित गरी सडकमा सवारी आवागमन सजिलो हुने हाछेथुले बताए । यसबाट लेन मिच्ने, जथाभावि ओभरटेक गर्ने , तिब्रगतिमा सवारी हाक्ने, जथाभावि सर्वाजनिक सवारी रोक्ने र यात्रु चढाउने लगायतलाई कारवाहि गर्न सजिलो हुने हुने भनाई छ ।

    यसले सडकमा खटेका ट्राफिक प्रहरीको कामकारवाहिलाई पनि निगरानी गर्न सजिलो हुने बताइएको छ । हाछेथुले भने–यसले ट्राफिक जाम हुनुको कारण समेत पत्ता लगाउने छ । भ्वाइस पनि रेकर्ड हुने भएकाले कसले के बोल्यो भनेर पनि थाहा हुन्छ । यो ड्याम बोर्ड क्यामेरामा जिपिएस भएकाले कुन ठाँउमा कुन समयमा कसले के ग¥यो समय सहित रेकर्ड हुने छ ।’traffic-camera-1

    लक्ष्मी हुण्डाईले ५० वटा ड्याम बोर्ड क्यामेरा महानगरीय ट्राफिक प्रहरीलाई सहयोग गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij