प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३
इटहरी । सामुदायिक सर्पदंश केन्द्र इटहरीमा विरामी कुरुवा भवनको शिलन्यास गरिएको छ । नेपाली सेनाको पुर्वी पृतना मुख्यालयका पृतनापती उपरथी प्रलाद थापाले उक्त भवनको शिलन्यास गरेका छन् ।
शिलन्यास पश्चात बोल्दै थापाले उक्त सामुुदायिक सर्पदंश केन्द्र नेपाली सेना र नागरीक विचको सम्बन्ध विस्तारको उदाहरणिय केन्द्रको रुपमा विकास हुँदै गरेको बताए । उनले नागरिकको हितका लागि सामाजिक कल्याण अनुरुप सेनाले हरपल सहयोग गर्दै जाने बताए ।
केन्द्रका अध्यक्ष दिवस पोख्रेलले वर्षेनी करिव १५ सय विरामीको उपचार गर्दै आएको यस केन्द्रमा पुर्वाञ्चका सुनसरी, मोरङ, झापा, सप्तरी लगायतका जिल्लाका विरामी बढि आउने बताए । उनले सर्पको टोकाईका कारण अस्पतालसम्म आउन नसकेका र परम्परागत उपचार पद्धतिमा भर परेका कारण अझै पनि धेरैको ज्यान जाने गरेको बताए ।
पोख्रेलले नेपालकै भरपर्दो र विश्वासिलो उपचार केन्द्रको रुपमा विकास हुँदै गरको यस केन्द्रले थप क्षमता विस्तार गर्ने जानकारी दिए ।
नेपाली सेनाको प्राविधिक सहयोगमा जनस्तरबाट संचालिन यस सर्पदंश उपचार केन्द्रमा आएका विरामीका आफन्तलाई सेनाले निशुल्क रुपमा भोजन समेत खुवाउनले गरेको छ । सेनाको पहलमा विरामीका आफन्तलाई वस्न सहज होस् भनेर कुरुवा भवन समेत बनाउन खोजिएको केन्द्रका सचिव सचिन पोख्रेलले जानकारी दिए ।
केन्द्रको स्थापना २०६९ साल बैशाख १० गते भएको थियो । विरामीका आफन्तलाई वस्न सहज होस् भन्ने उदेश्यले निर्माण गर्न लागिएको उक्तकुरुवा भवनमा करिव २० जनालाई आरम गर्न मिल्ने बनाउन लागिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij