प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३
काठमाडौ । दशैं सुरुभएपछि सेयर बजार पनि उक्लिएको छ । बैंकमा निक्षेप संकलन तथा कर्जा प्रवाह बढीरहँदा बजार पनि उचालिएको छ ।
साताको पहिलो दिन आज बजार १०.४० अंकले बढेको हो । यो वृद्धिपछि बजार १ हजार ७ सय ६३.७८ अंकमा पुगेको छ ।
एक सय ३५ कम्पनीको सेयर कारोवार भएको आज १० लाख २४ हजार १ सय १४ कित्ता सेयर किनवेचवाट ८८ करोड ७० लाख ८७ हजार ६ सय २३ रुपैयाँ कारोवार भएको छ ।
आज बैकिङ समूहको सूचक ५.२२ अंकले बढेको छ भने फाइनान्स समूहको सूचक ०.०९, बीमा समूहको सूचक २३७.०१ र ‘अन्य’ समूहको ६.३६ अंकले बढेको छ ।
होटल समूहको सूचक ८.५६ अंकले घटेको आज बिकास बैंक समूहको सूचक ०.७७ र जलविद्युतको १३.४१ अंकले घटेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij