शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नेपालीका चार सय कन्टेनर समुन्द्रमा अलपत्र

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • काठमाडौं । समुन्द्रमा ढुवानी सेवा चलाउने ‘हान्जन सिपिङ कर्पोरेसन’ आर्थिक समस्यामा परेपछि नेपाली व्यवसायीका करिब चार सय कन्टेनर सामान विभिन्न मुलुकका समुद्री तटमा अलपत्र परेका छन् ।

    विश्वको सातौं ठूलो सिपिङ कम्पनी हान्जिनमार्फत नेपाली व्यवसायीले आयात र निर्यातका लागि पठाएका सामान अलपत्र परेका हुन् ।

    हान्जिन कोरियाको सबभन्दा ठूलो कम्पनी हो । ‘कम्पनी टाट पल्टेर धेरै व्यवसायीका सामान अड्किएका छन्,’ नेपाल वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, ‘हाम्रो जानकारीमा आएसम्म करिब ४ सय कन्टेनर सामान विभिन्न मुलुकका बन्दरगाहमा छन् ।’

    नेपालबाट निर्यात गरिएका सामान कोलकतामा अड्किएकाछन् भने आयातकर्ताको सामान हङकङ, सिंगापुर, थाइल्यान्ड, चीनलगायत मुलुकका बन्दरगाहमा अलपत्र परेको व्यवसायीले जानकारी दिएका छन् ।

    चीनले हान्जिनका केही समुद्री जहाजलाई कब्जा गर्ने समाचार आएपछि चिनियाँ बन्दरगाहमा रोकिएका सामान आउनेरनआउने अन्योल भएको व्यवसायीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij