शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दशैँमा डोल्पालीको चुलोमा ‘भात’नपाक्ने

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • डोल्पा । वर्षमा एकपटक मात्र आउने चाडपर्वमा राम्रो लगाउने मिठो मसिने खाने रहर सबैको हुन्छ । तर, शिक्षा, स्वास्थ्य, यातायात, खाद्यान्न लगायतका समस्याले जेलिएका डोल्पालीको नजिकिँदो दशैँमा चुलोमा भात समेत नपाक्ने भएको छ ।

    नेपाल खाद्य संस्थानले समयमै खाद्यान्न ढुवानी नगराउँदा यस्तो समस्या देखिने भएको सरोकारवालाहरुले बताए ।

    खाद्य व्यवस्था समितीले सडकमार्गबाट खाद्यान्न ढुवानी गर्दा दशैँ अगाडि नै डोल्पालीले नपाउने ठोकुवा गर्दै हवाईजहाजबाट ढुवानीका लागि निर्णय गरेर आपुर्ति मन्त्रालयमा पेश गरेतापनि समस्यालाई वेवास्ता गर्दै पैदल मार्गबाट खाद्यान्न ढुवानी गर्न लगाएपछि दशैँमा डोल्पालीको चुलोमा भातसम्म नपाक्ने पक्का भएको जुफाल डिपोका प्रमुख गोविन्द पौडेलले बताए ।

    सुर्खेत, नेपालगञ्ज, दाङलगायतका स्थानबाट नौ सय भन्दा धेरै क्विन्टल चामल उठाईसकेता पनि बर्षातका कारण निर्माणाधिन सडक ठाँउ–ठाँउमा अबरुद्ध भएकाले दशैँ सकिएपछि पनि खाद्यान्न नपुग्ने जिकिर पौडेलले गरे ।

    खाद्यान्न कहिले बाँड्ने भनेर दैनिक सयौँ सर्वसाधारणको फोन आउँछ । गोदाममा भने खाद्यान्न छैन् । दशैँ अगाडि नै पाउनुहुन्छ भनेर सबैलाई कति झुट बोल्ने उनले भने ।

    ‘दुर्गमका कारण यहाँ महंगीले सामानहरु छोईनसक्नुछ । सडक सञ्जाल नजोडिएकाले हरेक सामानको मुल्य चौगुणा पर्दछ । बजारको चामल किन्नसक्ने अवस्था छैन् । अझैपनि खाद्य संस्थानले सहुलियतमा दिने चामलको भरमा छौं’ त्रिपुराकोटका स्थानिय शंकर सिंह बिटालुले बताए ।

    डोल्पामा वर्षभरीको उत्पादनले तिन महिना खान पुग्दैन । यस पटकको खडेरीले उत्पादन ५० प्रतिशत घट्यो । दशैँ लागिसक्यो संस्थानले चामल दिएन भने यसपाली हाम्रो चुलोमा भात नपाक्ने निश्चित छ बिटालुले भने ।

    रामनवमीको दिनसम्म भएपनि चामल पाउने आसा कायमै रहेकाले हवाईजहाजबाट ढुवानी गरेर भएपनि उपलब्ध गराईदिन सम्बन्धित निकायमा डोल्पालीले आग्रह गरे ।

    संस्थानले दुनै डिपोबाट पुरानो मौज्दात १४ सय क्विन्टल चामल तिन गाविसका सर्वसाधारणलाई वितरण गरेको बताएता पनि जुफाल, सर्मी, लिकु, काईगाउँलगायतका डिपोमा खाद्यान्न नभएको संस्थानले बताएको छ ।

    दशैँको अन्तिम दिनसम्म पनि डोल्पालीलाई चामलको आसा कायमै रहेकाले बाँकी चामल हवाईजहाजबाट ढुवानीको लागि सम्बन्धित पक्षलाई खाद्य संस्थान डोल्पाले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij