आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • पोखरा । काठमाडौंबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।

    मृत्यु हुनेमा गुल्मी जिल्लाको नेटा गाविस– २ का ४७ वर्षीया मनरुपा अर्याल र उनको दुई वर्षीय नाती अतित अर्याल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घाइते यात्रुको पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बगरका प्रहरी नायब निरीक्षक शिवबहादुुर खत्रीले जानकारी दिनुभयो ।

    एउटा बसले अर्को बसलाई उछिन्न खोज्दा बस अनियन्त्रित भई सडकको किनारमा पल्टिएको थियो र बसका चालक कृष्णबहादुर बूढालाई नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij