आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिमा विवाद

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • काठमाडौँ । नेपाली काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिको विवादका कारण आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा भेला स्थगन भएको छ ।

    श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङको आतिथ्यतामा आयोजित भेलामा जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बिनापरामर्श समितिमा शम्भु कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरेको जनाउँदै असन्तुष्ट पक्षले ब्यानर च्यात्नाका साथै कुर्सी फालेका थिए । तनाव उत्पन्न भएपछि कार्यक्रमका वक्ताले सम्बोधन गर्न पाएनन् ।

    समितिका प्रस्तावित अध्यक्ष कार्कीले भने आफूहरुले विधिवत् भेला गरेको र सहमतिमा नयाँ समिति गठन गरिएको जिकिर गरे ।

    अघिल्लो अधिवेशनबाट निर्वाचित वैधानिक अध्यक्ष राजन दाहाललाई जानकारी नदिई कार्यक्रम गरेको जनाउँदै केहीले असन्तुष्टि जनाएका हुन् । समितिभित्रको विवादलाई सहमति र परामर्शका आधारमा अन्त्य गर्नुपर्ने पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि रोजन राईले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij