आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आतंककारी भन्दै डिपोर्ट अभियोग सार्वजनिक अपराध

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • भ्रष्टचारमा साथ नदिँदा राजुत बस्नेत आफैंले बनादिए शाहलाई आईएस

    काठमाडौं । मलेसियाका राजदुत डा निरञ्जनमान सिंह बस्नेतले भैष्टचारजन्य आफ्नो गलत कामलाई साथ नदिँदा आतंककारीको अभियोग लगाएर मलेसियाबाट नेपाल डिपोर्ट गरिएका गैरआवासीय नेपाली संघ (एनआएन) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाहीलाईले आतंककारीको अभियोग लगाएर नेपाल फिर्ता गरेको तथ्य खुलेको छ ।

    मलेसियामा बस्ने नेपालीहरुलाई स्वदेश फिर्ता गर्नका लागि मलेसियाका लागि नेपाली राजदूत बस्नेतले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई दुतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराई दुरुपयोग गरेको विरोध गरेपछि त्यसको विरोध गर्दा आफुलाई फसाएको बताएका छन् ।

    शाहले त्यसबेला १२ सय ५० रिंगेटको रसिद दिएर २१ सयसम्म भुक्तानी लिई नेपाली नागरिकलाई ट्राभल्स डकुमेन्ट दिने निर्णयको विरोध गरेको लगायतका कारणले रिसिइवी साध्न गंभिर आरोपमा फसाउन खोजेको बताए ।

    शाहीले भने,‘ राजदुतले कोप्रासी संस्थासँग मिलि भ्रष्टाचारजन्य कार्य गरेको भनी सोको विरुद्धमा एनआरएनए मलेसियाको निवर्तमान महासचिव सुनिल चालिसेले ३६ करोड घोटालासम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालतमा दायर गरेकोमा सो मुद्दा फिर्ता गराउन दबाब दिएको र सो मुद्दा फिर्ता नभएको, नेपालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव र श्रम विभागको महानिर्देशकसहितको टोली मलेसिया आएको बखत सन् २०१६ जनवरीतिर राजदूतको उक्त क्रियाकलापको अनुसन्धान गर्न पहलमा तहाँ रहेको गैर सरकारी संस्थामार्फत रकम असुली गरिरहेकोमा सोको विरोध गरी गैरकानुनी रुपमा मलेसियामा रहेका नेपालीहरुलाई टिकट, सेवा शुल्क, जरिवाना, यातायात, विमासमेत गरी जम्मा १३ सय २० रिंगेटमा घर फिर्ती गर्न सकिने समेत भनेको कारणले राजदूतले फसाएको उनले बताए ।

    ‘रिसइवी साँधी इन्द्रवीर महर्जन र दुर्गाप्रसाद खरेल नामका आफ्ना मानिस खडा गरी मलाई नभएको झुठा आरोपको निवेदन दिन लगाई सोही बहानामा नेपाली दूतावासले मलेसिया सरकार समक्ष पत्राचार गरी सोही पत्रको आधारमा मलेसिया प्रशासनले पक्राउ गरी १४ दिनसम्म हिरासतमा राखी अनुसन्धान गरी कुनै कसुर अपराधमा संलग्न रहेको नदेखिएता पनि मलेसिया सरकारले मलाई ५ वर्षसम्म मलेसिया प्रवेश गर्न रोक लगाई मेरो त्यहाँ रहेको सबै चलअचल सम्पत्ति रोक्का राखी भिसा समेत रद्द गरी नेपाल फर्काइ दिएको हो ।’

    उनले मलेसियाबाट नेपाल अवतरण हुँदा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेका सुरक्षाकर्मी प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौं लगि कारबाही गर्ने क्रममा मेरो कुनै कसुर अपराध नभएकोले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाई ११ दिनसम्म अनुसन्धानका लागि थुनामा राखी राजदूतले दाबी गरेअनुसारको अन्य कुनै कसुर तथा अपराधमा संलग्नता नदेखिएको कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ हजार धरौटीमा छोडिएको भन्दै राजदुतले नै विभिन्न पत्रपत्रिकामा आइएससँग संलग्न रहेको भन्ने झुठा आरोप फैलाएको आरोप लगाए ।

    उनले राजदूत सिंह बस्नेतले गरेका गैरकानुनी हर्कतहरुका कारण मलेसियामा बसोबास गर्ने अन्य नेपाली नागरिकहरु समेत लुकिछिपी हिड्नुपर्ने र पीडादायी जीवनयापन गर्न बाध्य भएको बताउँदै १ सय १४ जना विदेशीको नक्कली भिसा लगाएको जस्तो गम्भीर र तथ्यहिन आरोप लगाई आफ्नो पदको दुरुपयोग गरेको बताए ।

    उनले भने,‘म जस्तो सिधा आफ्नो व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई अनाहकमा राजदूत र राजदूतावासले गरेका गलत कार्यको विरोध गरेकै भरमा आइएसजस्तो आपाराधिक संगठनसँग आबद्धता रहेको भनी झुठा आरोप लगाउनु कतिसम्म न्यायसंगत हुन्छ,ममाथि लागेका आरोपहरुका सत्यतथ्य सार्वजनिक गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।’

    शाहले आफू दोषी ठहरिए जस्तो सुकै सजायँ भोग्न तयार रहेको घोषणा गर्दै एक निर्दोष नेपालीलाई विनाकारण यति ठूलो आरोप लगाउने र फसाउने षडयन्त्र बुन्ने राजदूत डा. निरन्जनमानसिंह बस्नेत र उनका मतियारहरुलाई सरकारले तुरुन्त छानविन गरी कारबाही गर्नु पर्ने माग गरे ।

    कालिकोट घर भएका एनआरएन मलेसियाका निवर्तमान अध्यक्ष महेन्द्रजंग शाहलाई विभिन्न अपराधमा संलग्न भनी एकाएक अघिल्लो महिना १९ गते पक्राउ गरी नेपाल डिपोर्ट गरिएको छ ।

    उनी नेपाल आइपुगे लगत्तै नेपाल प्रहरीले समेत १० दिन नियन्त्रणमा लिइ अनुसन्धान गरेर धरौटीमा रिहा गरेको छ ।
    १४ वर्षदेखि मलेसियामा बस्दै आएका एनआएनका अध्यक्ष शाह लडाकु संगठन इस्लामिक स्टेट (आईएस) मा संलग्न भएको आरोपमा पत्रपत्रिकाले टिप्पणी गरेका छन् ।

    उनलाई मलेसियन सरकारले आईएसमा संलग्न भएको भन्दै पक्राउ गरेको थियो । नेपाल आइपुगे तव मलेसिया स्थित सञ्चार माध्यम र त्यसैको कपी गर्दै नेपाली सञ्चार माध्यमले समेत आइएस आइएसमा संलग्नको आशंकामा पक्राउ पछि डिपोर्ट गरेको भनियो ।

    आईएस जस्तो संबेदनशिल विषयमा कसरी जोडियो ? म एक सामान्य नेपाली, सामान्य भिसामा मलेसिया गएर आफ्नो दुःख गरेर एनआरएनको अध्यक्ष हुन सफल भएको हुँ । अहिले व्यवसाय गरिरहेको छु । तर म आईएस कसरी भएँ ? आईएस जस्तो संबेदनशील विषयमा राखेर मलाई कसरी जोडियो ? यो कुरा कहाँबाट आयो ? वास्तविक म आईएस हो की होईन ? मलाई न्याय त चाहियो नि ? आईएस् हो कि होईन ?

    म भन्छु, यहाँको प्रशासन र सरकारी निकायले म माथि अनुसन्धान गरोस् । म आईएस् हो कि होईन ? कि मलाई कारबाही होस्, कि त आईएसको मुद्धा उठाउने राजदूतलाई ‘ हैन भने आईएसको मुद्धा उठाउने मानिसलाई कारबाही हुनुपर्छ । आजको राजधानी दैनिकमा खवर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij