शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पूर्व गृहमन्त्री घिमिरेको खोजी : कैलालीबाट झिकाइएको गोताखोर पनि असफल

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • चितवन  । त्रिशूली नदीमा असोज– ९ गतेदेखि बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइका खोजीका लागि कैलालीबाट झिकाइएको गोताखोर सफलता नमिलेपछि फर्किएको छ ।

    सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर असफल भएपछि कैलालीबाट गोताखोर झिकाइएको थियो ।

    पाँच जनाको समूहले दुई दिनसम्म खोजीकार्य जारी राखे पनि घटनास्थल आसपासका क्षेत्रमा गाडी र मानिस नभेटेपछि फर्किएको हो ।

    कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका प्रहरी उपरीक्षक गणेशबहादुर थापाकाअनुसार गोताखोरले गाडी खसेको ठाउँको २५ मिटर आसपासका क्षेत्रमा नदीको भूइँसम्म कुनै पनि वस्तु र मानिस नभेटेपछि फर्किएको हो । उनका अनुसार त्यसको पश्चिमपट्टी भने पानीको उच्च बहाव भएकाले गोताखोर जान असफल भएको थियो । गोताखोरले नदीका तल्लो फेदबाट बालुवासमेत निकालेर देखाएको उनले बताए ।

    सो समूह ठूला नदीमा पुल बनाउँदा पानीभित्र पसेर पिल्लर ठड्याउने व्यावसायिक समूह हो । एक पटकमा पाँच मिनेटसम्म पानीभित्र पसेर खोज्न सक्षम गोताखोरको रुपमा उक्त समूहलाई चिनिन्छ ।

    यसअघि पोखराबाट झिकाइएको तीन जना गोताखोरले पनि दुई दिनसम्म नदीमा खोजी गरे पनि उपलब्धि नभएपछि फर्किएको थियो ।

    सशस्त्र प्रहरीको कुरिनटारमा रहेका १२ जनाको विशेष टोली दिनहुँ खोजीकार्यमा जुटिरहेको छ । नेपाली सेनाको गोताखोरले पनि खोजीकार्यलाई जारीे राखेपनि उपलब्धि हासिल गर्न सकेको छैन । प्रहरी उपरीक्षक थापाका अनुसार कति गहिराइमा के वस्तु छ र पानीको तापक्रम कति छ भन्ने मापन गर्ने सोनार, पानीभित्र हेर्न मिल्ने क्यामरा, वस्तु तान्न मिल्ने ¥याकर, हुकिङ स्टिमलगायतका उपकरण प्रयोग गरी खोजीकार्य जारी राखिएको छ ।

    सशस्त्र प्रहरीले दुर्घटनास्थलदेखि नवलपरासीको सुस्तासम्म ठाउँठाउँमा फरक÷फरक समूह बनाइ खोजीकार्य जारी राखेको उनले बताए । सुस्ता, त्रिवेणी, बेल्डिया, नारायणी नदीको पुल, देवघाट, घुमाउने, जलबीरे, मुग्लिन र दुर्घटनास्थल नजिकका सशस्त्र प्रहरीका युनिट मार्फत खोजीकार्य जारी रहेको उनले बताए ।

    नेपाल प्रहरीले पनि आफ्ना इकाई मार्फत नदीका ठाउँठाउँमा खोजी जारी राखेको छ । नेपाली सेना पनि आफ्नै किसिमबाट खोजी कार्यमा जुटिरहेको छ ।

    यसैबीच केही दिनअघि घिमिरे चढेको गाडी हुनसक्ने भनी गरिएको खोजी कार्यमा यसअघि खसेको ट्रकका केही सामान फेला परेका छन् । प्रहरी उपरीक्षक थापाले सो ठाउँमा सानो गाडी नभएको प्रष्ट भएको बताए । उनले ट्रकको साइलेन्सर पाइप, ट्रकका विभिन्न भागका केही अंश मात्र भेटिएको बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij