प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
कटारी । लागू औषध दुव्र्यसन नियन्त्रणका लागि कटारी प्रहरीले विशेष कार्ययोजना लागू गरेको छ । उदयपुरको कटारीलाई लागू औषध मुक्त क्षेत्र घोषणा गर्ने गरि इलाका प्रहरी कार्यालय उदयपुरले एन्टी ड्रक्स क्याम्पिनिङ्ग (एडीसी) अभियान नै सुरु गरेको हो ।
प्रहरीले तयार पारेको कार्ययोजनामा आठ वटा ८रचरणमा अभियान संचालन गरिने जनाईएको छ । लागू औषध विरुद्धको कार्ययोजनामा इलाका प्रहरी कार्यालयको संयोजकत्वमा इलाका प्रशासन, नगरपालिका प्रमुख, उद्योग बाणिज्य संघका प्रमुख, यातायात व्यवासायी संघका प्रमुख र क्यामपस तथ बोडिङ्ग स्कुलका प्रमुखहरु संलग्न समन्वय समिति गठन गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक चिरन्जीवि कोईरालाले बताए ।
डिएसपी कोईरालाले भने ‘उदयपुरको कटारीका ठूलो संख्यामा युवाहरु लागू औषध दुव्र्यसनमा फसेको पाईकाले दुव्र्यसन रोक्न प्रहरीले कार्ययोजना बनाएर नै लागू गर्नु परेको हो ।’
युवाहरुमा जरा गाडेर बसेको लागू औषधको कुलत हटाउन अविभावकहरुको तहमा सचेतना अभियान संचालन गरिने प्रहरी प्रमुख कोईरालाले जानकारी दिए । सचेतना अभियानमा उच्च माध्यमिक विद्यालय, माध्यमिक सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लागू औषधको प्रभाव र असरबारे अभिमुखिकरण गरिने छ ।
अभिमुखिकरण पश्चात लागू औषध विरुद्धको हातेमालो समूहको गठन गरिने इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कार्ययोजनाको समन्वय समिति गठन, विद्यालय तहमा अभिमुखिकरण र हातेमालो समूह गठन गर्ने कार्य सम्पन्न भईसकेको छ । ‘हालेमालो समूह गठन गरेपछि समूहका प्रमुखहरुलाई लागू औषध विरुद्धको प्रशिक्षक तालिम प्रदान गरिने र हातेमालो समूहले नै अविभावक तहमा गएर अभिमुखिकरण कार्यक्रम संचालन गरिने छ ।’
लागू औषध प्रहरीको मात्र समस्या नभएर समग्र समूदायको समस्या भएकाले समुदायले नै नियन्त्रण गर्न सक्ने भएकाले हातेमालो समूहको अवधारण ल्याईएको बताउदै प्रहरी नायव उपरिक्षक कोईरालाले भने ‘हाम्रो कार्ययोजनामा सामुदायिक वन उपभोक्ता समूह, विभिन्न युवा संजाल, गैरसरकारी संस्थाहरुमा समेत हातेमालो समूह गठ गरिने र सबै समूहको संजाल समेत गठन गरि समन्वय गरिने छ ।’ लागू औषध नियन्त्रण कानुनी कार्वाहीले मात्र नियन्त्रण हुन नसक्ने हुनाले समुदाय र परिवारमा लागू औषध मुक्त स्वघोषणा गर्ने लक्ष्य रहेको कोईरालाले जानकारी दिए । कटारी क्षेत्रलाई लागू औषध मुक्त क्षेत्र बनाउको लागि सबै पक्षको साथ सहयोग आवश्यक रहेको कटारी प्रहरीको भनाई रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij