आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रक बिग्रिएपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३



  • रसुवा  । पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेखण्डको भीरमा एउटा मालवाहक कन्टेनर ट्रक बिग्रिएपछि यातायात ठप्प भएको छ ।

    सडक खुलाउनका लागि नेपाल प्रहरी, जिल्ला ट्राफिक प्रहरीलगायत सुरक्षा निकाय प्रयासरत छन् । पासाङ ल्हामु राजमार्गको अवरोध हटाउन बसेको डोजर अपरेटर नहुँदा गएरातिदेखि अवरुद्ध सडक खुल्न सकेको छैन । रसुवा प्रहरी, कालिकाथान चौकीका प्रहरी इन्चार्जसहित प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी रसुवाले जनाएको छ ।

    केरुङको सामान ढुवानी रातिमात्र

    यसैबीच, उत्तरी नाका रसुवागढीबाट रातको समयमा मात्र मालवाहक सवारीसाधन केरुङ जान पाउने भएका छन् ।

    रसुवागढी मितेरी पुलदेखि चिनियाँ भूभागको केरुङसम्म बिग्रेका सडक मर्मत एवम् पुनःनिर्माणको कार्य भइरहेका कारण सडक सुधार कार्य सहज बनाउन दिनको समयमा काम गराउने तथा रातको समयमा व्यावसायिक सामान बोक्ने ट्रक कन्टेनर छोडिने व्यवस्था मिलाइएको जानकारी चिनियाँ पक्षबाट आएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताए ।

    दसैँयता अब मालसामग्री लिने ट्रक कन्टेनर केरुङ जाँदै गरेका सबै मालवाहक सवारीसाधन लगभग तीनसय ५० वटा नेपाल फर्किसकेका छन् । करिब एक सय ५० ट्रक कन्टेनर जाँचपास भई आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र अन्य सवारीसाधनमा ल्याएका सामग्रीको परीक्षण कार्य लामबद्ध रुपमा भइरहेको बताइएको छ ।

    चीनबाट आयात भएका सामग्रीमा तामाकोसी, मध्यभोटेकोसीलगायत जलविद्युत् आयोजनाका उपकरण, स्याउ, इलेक्ट्रिक सामान, कम्प्युटर पार्ट, तयारी पोसाक, रोलकपडा, जुत्ता, चप्पल, बच्चाका खेलौना, मोटरका पार्टपुर्जालगायत सामग्री भएको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij