प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३
सल्यान । छायाँक्षेत्र ९ लान्तीकी ५५ वर्षिया परी नेपाली बिहानदेखि रातीसम्म शारदा खोलामा बालुवा निकालिरहन्छिन् ।
बिहान साझँ नभनेर नदिबाट निकालेको बालुवा बिक्रि गरेर उनले ५ जनाको परिवारलाई पाल्दै आइरहेकी छन् ।
पति सहित ५ जनाको परिवारको पेट पाल्नका लागि शारदा नदि किनारमा पुग्छिन र बालुवा निकाल्न थाल्छिन् । ‘चाडपर्व नजिकिदै गर्दा उनलाई बढि चाप पर्दै आइरहेको छ । छोराछोरीले अर्काको देखासिकि गर्छन, ’ उनी भन्छिन् , ‘ वर्षमा आउने चाडपर्व आउनु भन्दा नआएकी जाती हुन्थ्यो । पर्वले आम्दानी नबढाउने तर ऋण बोकाएर जाने उनको गुनासो रहेको छ ।
गोदेकी ३० वर्षिया चित्रा वि.क.को दैनिकी पनि परीको भन्दा भिन्न छैन् । उनका पति अर्को विवाह गरेर छुट्टै बस्दै आइरहेका छन् । पतिले आफु र छोरीको वास्ता गर्न छोडेदेखि ६ वर्षदेखि चित्राले शारदा नदिमा बालुवा संकलन गदै आएकी छन् ।
साझँ बिहानको काम गर्दा पनि एकछाक मिठो मसिनो खान नपुग्ने आफुहरु जस्ताका लागि दशै दशै नभई दशा भएको विकले बताइन् ।
शारदा नदिको बालुवालाई आयआर्जनको मुख्य स्रोत बनाएका छायाँक्षेत्रका दर्जन बढि परिवारलाई नजिकिदै गरेका चाडपर्वले तसाई रहेको छ ।
बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म शारदा नदिको पानीमा भिजेर काम काम गर्दा पनि समयमा बिक्रि नहुँदा दैनिक गुजारा चलाउन समेत गाह्रो हुने गरेको चित्राले बताइन् । उनले भनिन पढे लेखेका छैनौं शहर बजारमा गएर नि हामी जसता अनपढलाई कसले पो काम देलार । त्यसैले शारदा नदिको बालुवा निकाल्नुको अर्को राम्रो केही विकल्प छैन् ।
नदिको बिचमा पसेर बालुवा निकाल्दा नदि बधेर बगाउछ की भन्ने पिर छुट्टै भएको ४० वर्षिया विष्णु पुनले बताइन । कहिलेकाहँी दिनभरी निकालेको बालुवा राति बाढिले बगाइदिने गरेको समेत उनले दुखेसो पोखिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij