शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रात्रिबसको यात्रामा ध्यान दिनुपर्ने कुरा

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३



  • आफ्नो कर्मथलोबाट दसैँ मनाउन घर जाँदा कतिपयले रात्रिबसमा यात्रा गर्नुपर्ने हुन्छ । विशेषगरी, राजधानीमा रहेका सुदूरपूर्व र सुदूरपश्चिमका नागरिक प्रायः रात्रिबसमै चढेर घर जानुपर्छ । तपाईं पनि रात्रिबसमा यात्रा गर्दै हुनुहुन्छ भने कतिपय विषयमा सचेत हुनैपर्छ । ललितपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले रात्रिबसका यात्रुलाई ५ टिप्स
    दिएका छन्ः
    १. रात्रिबसमा चढ्दा सबैभन्दा पहिले आफ्नो सामानको सुरक्षामा विशेष ध्यान दिनुहोस् । सकेसम्म सामान राखिएको झोला आफ्नो आँखाले देख्ने ठाउँमै हुन जरुरी हुन्छ । सबै बसमा यस्तो परिस्थिति नपर्न सक्छ । छतमा राख्नुपर्ने पनि हुन सक्छ । त्यसैले झोलामा चाबी लगाएर लक गर्दा नै सुरक्षित हुन्छ ।
    २. सिटमा बसेपछि गाडीबाहिर टाउको तथा हात निकाल्ने गर्नु हुँदैन । दिउँसोमा भन्दा राति यो झन् बढी खतरनाक हुन्छ । दायाँतिरको सिटबाट शरीरका अंग बाहिर निकाल्दा गाडीले हान्ने र बायाँतिर बिजुलीको खम्बा या रुखमा ठोक्किएर दुर्घटना हुन सक्छ ।
    ३. ड्राइभरको सिटमा अप्ठ्यारो पर्ने गरी रात्रिबसमा यात्रा गर्नु हुँदैन । रातिको यात्रा दिउँसोको भन्दा संवेदनशील हुन्छ । गियरनजिक गोडा राखियो भने कहिलेकाहीँ अकस्मात् गियर चेन्ज गर्नुपर्दा समस्या भएर दुर्घटना निम्तिन सक्छ ।
    ४. रात्रिबसमा यात्रा गर्दा आफ्नो पर्स तथा मोबाइल सुरक्षित राख्ने पाटोमा पनि सजग हुनुपर्छ । चोरीको सम्भावना हुन्छ । त्यसैले सुत्नेभन्दा पनि चनाखो हुने गर्नुपर्छ ।
    ५. एउटा ड्राइभरको हातमा धेरै यात्रुको जीवन धानिएको हुन्छ । राति ड्राइभर निदाएर दुर्घटना भएका धेरै उदाहरण छन् । त्यसैले रात्रियात्रामा ड्राइभरको नजिकै सिटमा हुनुहुन्छ भने रमाइला गफ गरेर ड्राइभरलाई फ्रेस बनाउनुपर्छ । नजिक बसेर ड्राइभरलाई अनावश्यक तनाव दिने होइन, तनावमुक्त गराउने प्रयास गर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij