शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

हवाई यात्रुको चाप बढ्यो, स्थल मार्गमा दुर्घटनाको त्रास

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३



  • चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा यसवर्षको वर्षातमा धेरै पहिरो खसेर स्थाल मार्गबत्राट यात्रा गर्न डराएका यात्रु हवाई मार्गतर्फ आकर्षित भएका छन् ।

    हवाई मार्गका यात्रु बढेकाले काठमाडौँबाट भरतपुर दैनिक एक दुई उडान भर्दै आएका बुद्ध र यती एयरलायन्सले एकै दिन १२ वटासम्म उडान भरेका छन् ।

    पहिरोका कारण १४ घन्टासम्म वर्षामा सडक अवरुद्ध बनेपछि छिमेकी जिल्लाका यात्रु समेत भरतपुर काठमाडौँ हवाईमार्गबाटै यात्रा गर्न थालेका हुन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हवाई सुविधा भएकाले छोटो कामका लागि आउने यात्रुले एकै दिनमा भरतपुर काठमाडौँ आवातजावत समेत गरेका छन् ।

    बुद्ध एयरलायन्स प्रबन्धक भक्तबहादुर बस्नेतले अहिले आफ्नो एयरलाइन्सबाट काठमाडौँ भरतपुर नियमित पाँचवटा उडान भएकामा चाप बढेको बेला एकैदिन आठ वटासम्म उडान भरेको बताए ।

    त्यस्तै दैनिक तीनवटा उडान भर्दै आएको यती एयरलायन्सले अहिले दैनिक चार वटासम्म उडान भरेको एयरलायन्सका सहायक स्टेसन म्यानेजर अनुप ढकालले जानकारी दिए ।  दैनिक आठवटा नियमित उडान र दैनिकजसो थप गरिने एक दुईवटा उडानले समेत यात्रुको चाप थेग्न सकेको छैन ।

    बुद्ध एयरलायन्सका प्रबन्धक बस्नेत दसैंको टीकाको भोलिपल्टसम्म काठमाडौँबाट भरतपुर आउनका लागि टिकट बुकिङ भइसकेको बताए । त्यसको भोलिपल्टबाट एक सातासम्म काठमाडौँ जानका लागि टिकट बुकिङ भइसकेको छ ।

    कुनै समय खाली देखिने भरतपुर विमानस्थल टर्मिनलका कुर्सी अहिले भरिभराउ नै छन् । विमानस्थलमा काम गर्ने कर्मचारी र प्रहरी पनि बिहानैदेखि बेलुकासम्म व्यस्त नै हुन्छन् । सडक यात्राबाट गन्तव्यसम्म पुग्ने ठेगान नभएपछि गाडीको भन्दा १० गुणा बढी भाडा तिरेर यात्रु जहाज चढ्न बाध्य भएका हुन् । चाडवाडको समयमा अन्य स्थानमा पनि उत्तिकै सङ्ख्यामा जहाज उड्ने भएकाले भरतपुरमा जहाज थप्न असहज भएको सम्बन्धित एयरलाइन्सका कर्मचारी बताउँछन् ।

    बुद्धले ४७ सिट क्षमताको एटिआर र यतीले ३० जना क्षमताको जेडस्टेन्ड जहाज सञ्चालन गर्दै आएका छन् । ‘सडक मार्गबाट जाँदा पहिरोको कारण यात्रा असहज हुने भएकाले जहाज चढ्नेको सङ्ख्या ह्वात्तै बढेको हो’ भरतपुर विमानस्थलका प्रमुख शिवप्रसाद उपाध्यायको भनाइ छ ।
    “पछिल्लो समय हवाई यात्रुको सङ्ख्या बढेपछि उडान सङ्ख्या र ठूला जहाज थपिएको उनले बताए ।” ‘उडान सङ्ख्या बढ्नाका साथै ठूला जहाज पनि आउन थालेपछि विमानस्थलमा जहाज पार्किङको समस्या भएको छ’ विमानस्थल प्रमुख उपाध्यायले थपे ।

    नारायणगढबाट गाडीमा यात्रा गर्दा ३५० पर्दछ भने हवाई यात्रा गर्दा रु तीन हजार २५ एकतर्फी भाडा लाग्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij